ad ad

राजनीति


अफगानिस्तानको नयाँ राष्ट्रपति तालिबानका कुन नेता बन्लान्?

अफगानिस्तानको नयाँ राष्ट्रपति तालिबानका कुन नेता बन्लान्?

नेपालखबर
साउन ३२, २०७८ सोमबार १०:२२, काठमाडौँ

विद्रोही संगठन तालिबानले अफगानिस्तान कब्जामा लिइसकेको छ। अफगान राष्ट्रपति असरफ गानी र उपराष्ट्रपति अमिरुल्लाह सालेह देश छाडेर भागिसकेका छन्। 

अब अफगानिस्तानको सत्ता तालिबानका कुने नेताको हातमा आउला? 

यस विषयमा दुई नेताको नाम चर्चामा छ। उनीहरू हुन्– मुल्ला अब्दुल गानी बरादर र हिब्तुल्लाह अखुन्दजादा। 

यी दुई नेता को हुन् र तालिबान संगठनका यिनको भूमिका कस्तो छ? 

मुल्ला बरादर 

अब्दुल घानी बरादर अर्थात् मुल्ला बरादर अहिले कतारमा छन्। अहिले उनी तालिबानको दोहास्थित कार्यालयमा राजनीतिक प्रमुख छन्। 

राष्ट्रपति बनाउने कुरामा तालिबानले कयौँ नाममाथि चर्चा गरिरहेको छ। यस्तोमा मुल्लाको नाम शीर्षमा छ। उनी अफगानिस्तानमा तालिबानका सहसंस्थापक हुन्।

बरादर तालिबानका संस्थापकमध्ये एक हुन्। तालिबानको राजनीतिक नेतृत्व उनैले गर्छन्। कतारको दोहामा अमेरिकासँग वार्ता गर्ने समूहमा पनि उनी छन्। 

उनी मुल्लाह ओमरका सबैभन्दा विश्वासिला कमान्डरमध्ये एक भएको बताइन्छ। उनी पाकिस्तानको कराँचीमा सन् २०१० मा पक्राउ परेका थिए। सन् २०१८ मा उनी मुक्त भएका हुन्। 

हिब्तुल्लाह अखुन्दजादा
हिब्तुल्लाह अखुन्दजादा अफगान तालिबानका नेता हुन्, जो इस्लाम धर्मका विद्वान हुन् र कन्धारबाट आएका हुन्। भनिन्छ– उनलै तालिबानको दिशा परिवर्तन गराए र अहिले यो स्थितिमा ल्याए। 

तालिबानको गढ मानिने कन्धारसँग उनको सम्बन्ध तालिबानमा आफ्नो पकड कायम राख्न सहयोग बन्यो। 

सन् १९८० को दसकमा उनले सोभियत संघविरुद्ध अफगानिस्तानमा भएको विद्रोहको नेतृत्व गरेका थिए। तर उनको परिचय सैन्य कमान्डर भन्दा पनि धार्मिक विद्वानका रूपमा बढी छ। 

आफू अफगान तालिबानको प्रमुख बन्नु अघिदेखि नै उनले तालिबानका शीर्ष नेतालाई सुझाव र निर्देशन दिन्थे। उनले हत्या, चोरी र बलात्कारमा दोषी देखिएकाहरूको टाउको काट्ने आदेश दिन्थे। 

हिब्तुल्लाह तालिबानका पूर्वप्रमुख मोहम्मद मन्सुर हुँदा उनी उपप्रमुख थिए। मन्सुरको सन् २०१६ मे महिनामा अमेरिकी ड्रोन हमलामा परी मृत्यु भएको थियो। त्यसपछि उनी तालिबान प्रमुख बनेका थिए। 

करिब ६० वर्षका उनले जीवनको धेरैजसो समय अफगानिस्तानमै बिताएका छन्। बीबीसी

यो पनिः 

युद्ध सकियो, अब अफगानिस्तानको शासन व्यवस्था कस्तो हुन्छ, चाँडै जानकारी दिन्छौंः तालिबान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .