ad ad

राजनीति


हरित अभियानका लागि पोखरेलले अघि सारे १० बुँदे प्रस्ताव

हरित अभियानका लागि पोखरेलले अघि सारे १० बुँदे प्रस्ताव

नेपालखबर
साउन १५, २०७८ शुक्रबार २०:५९, काठमाडौँ

पूर्वमन्त्री गिरिराजमणी पोखरेलले वातावरण संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। 

शुक्रबार प्रतिनिधिसभामा धारणा राख्दै नेकपा (माओवादी केन्द्र) का सांसद पोखरेलले हरित अभियानका लागि १० बुँदे प्रस्तावसमेत प्रस्तुत गरे।

पोखरेलले चुरेको संरक्षणमा विशेष जोड दिएका छन्।

‘चुरे निकै जोखिममा छ। स्मरण रहोस, चुरे पानीको भण्डार हो र तराई–मधेश अन्नको भण्डार हो’ उनले भने, ‘त्यसैले चुरे रहे मात्रै मधेस–तराईले उत्पादनको भूमिका निर्वाह गर्न सक्छ।’ 

आफ्नो निर्वाचन क्षेत्र महोत्तरी १ मा लाखौं बिरुवा रोपेर हरित अभियानको सुरुवात गरेका नेता पोखरेलले देशब्यापीरुपमा वातावरण संरक्षण र हरियाली निर्माणमा ध्यान दिनुपर्ने बताए।

उनले आफैले सञ्चालन गरेको हरित अभियानको १० मुख्य कार्यक्रमहरु उल्लेख गरे। 

यस्ता छन् पोखरेलका हरित अभियानका १० बुँदे कार्यक्रम
१) बृहत् वृक्षारोपणः बिरुवा नर्सरी, घाँस क्षेत्र तथा नदी किनारमा ग्रीन बेल्ट निर्माण।  

२) समुदायको जीविकोपार्जन मुखी संरक्षण का लागि खुला क्षेत्रमा फलफूलको बिरुवा लगाउने। 

३) एकीकृत जलाधार व्यवस्थापनको अवधारणा अनुसार नदीको व्यवस्थापन गर्ने।

४) पारिस्थितिक प्रणालीको पुनर्स्थापना गर्न उत्खनन तथा क्षयिकरण भएका क्षेत्रहरुमा पुनर्भरण कार्यक्रम गर्ने। 

५) पारिस्थितिक प्रणालीमा आधारित कृषि समुदाय स्तर मा विस्तार गर्ने।

६) जलवायु परिवर्तनको असर न्युनिकरण गर्न र विपद् न्यूनीकरण गर्न प्राकृतिक प्रविधिहरू को प्रयोग गर्ने।

७) संवेदनशील क्षेत्रमा प्राकृतिक स्रोतको दोहनलाई नियन्त्रण गर्ने।

८) वातावरणीय समस्याको अनुसन्धान गर्न नास्ट र विश्वविद्यालयहरुको संयोजनमा ज्ञान केन्द्रको स्थापना गर्ने।

९) हरियाली शहर कार्यक्रम गरि सुरक्षित सहरहरु निर्माण गर्ने।

१०) स्थानीय सरकारको अगुवाइमा यस अभियानलाई दिगो बनाउने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .