ad ad

राजनीति


शेखर कोइरालाको चेतावनीः भदौ २३ गते कांग्रेसको वैधानिकता सकिँदै छ!

शेखर कोइरालाको चेतावनीः  भदौ २३ गते कांग्रेसको वैधानिकता सकिँदै छ!

नेपालखबर
साउन १४, २०७८ बिहिबार ११:२९,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १४औं महाविधेशन भदौ १९ मा गरिसक्ने भनिए पनि त्यसअनुरूप प्रक्रिया अघि नबढेको भन्दै चिन्ता प्रकट गरेका छन्। 

‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनको प्रक्रिया जारी छ। तर पूर्वनिर्धारित कार्यतालिकाको पालना भएको छैन।अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानो समेत हुन सकेको छैन,’ बिहीबार बिहान वक्तव्य जारी गर्दै नेता कोइरालाले भनेका छन्, ‘यसले समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ। र, पार्टीको सम्पूर्ण साथीहरूमा गहिरो चिन्ता छाएको छ।’

संविधानतः भदौ २३ बाट कांग्रेसको वैधानिकता नै समाप्त हुने भएकाले तोकिएको मितिमा महाधिवेशन​ सक्न उनले पार्टीका नेता/पदाधिकारीहरूलाई सजग पनि गराएका छन्।  

‘संविधानतः आगामी भाद्र २३ गते पार्टीको वैधानिकता समाप्त हुँदै छ भन्ने हेक्का हामीलाई छ कि छैन? पार्टी विधानमै नभएको नयाँ अभ्यास जारी छ, अर्थात् पदाधिकारी र पूर्वपदाधिकारीहरूको निरन्तर बैठक बस्ने तर महाधिवेशन प्रक्रिया अघि नबढ्ने यो कस्तो चाला हो,’ कोइरालाले भनेका छन्, ‘संवैधानिक सीमाभित्र हाम्रो महाधिवेशनका सम्पूर्ण प्रक्रिया अघि बढिसक्नुपर्छ, अन्यथा कांग्रेसले वैधानिकता गुमाउने निश्चित छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .