ad ad

राजनीति


संघीयता खारेज गर्ने मुद्दामा रविन्द्र मिश्रलाई कमल थापाको साथ

संघीयता खारेज गर्ने मुद्दामा रविन्द्र मिश्रलाई कमल थापाको साथ

नेपालखबर
साउन ११, २०७८ सोमबार २०:४५,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयता खारेजीको एजेण्डामा जनमत बढ्दै गएको भन्दै खुशी व्यक्त गरेका छन्। 

सोमबार विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता र खारेजी र धर्मविरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने अवधारणा अघि सारेपछि थापाले त्यसलाई ‘सकारात्मक’ भनेका छन्। 

विगतमा राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दै जानु र ति विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता भएको उनको भनाई छ। 

‘हामी सही बाटोमा छौँ, प्रमाणित हुँदैछ’ थापाले भनेका छन्। 

राप्रपाले संघीयताको खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाको माग गर्दै आएको छ। 

यता, राष्ट्रिय जनमोर्चाले पनि संघीयता नेपालका लागि अभिषाप हुने भन्दै खारेज गर्नुपर्ने बताउँदै आएको छ। गणतन्त्र र धर्मनिरपेक्षताको रक्षामा भने जनमोर्चाले जोड दिएको छ।

विवेकशील साझा पार्टीका संयोजक मिश्रले पार्टीमा छलफलका लागि दस्तावेज पेस गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह  गर्नुपर्ने प्रस्ताव गरेका हुन्। मिश्रले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत भएको ठहरसहित खारेजीमा जानुपर्ने मत राखेका हुन्। 

रवीन्द्र मिश्रको प्रस्ताव : संघीयता खारेज गरौँ, धर्मनिरपेक्षताबारे जनमत संग्रह गरौँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .