ad ad

राजनीति


जेलमुक्त र बेखर्ची भइ विदेशबाट फर्किएका नागरिकको क्वारेन्टिन खर्च सरकारले ब्यहोर्ने

जेलमुक्त र बेखर्ची भइ विदेशबाट फर्किएका नागरिकको क्वारेन्टिन खर्च सरकारले ब्यहोर्ने

नेपालखबर
साउन ११, २०७८ सोमबार १८:२०,

सरकारले विदेशमा जेलमुक्त वा बेखर्ची भएर नेपाल फर्कने नेपाली नागरिकको क्वारेन्टिन खर्च ब्यहोर्ने निर्णय गरेको छ। 

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो। 

वैदेशिक रोजगारीबाट फर्किएका नेपाली पाँच दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम छ। 

बैठकले गरेका निर्णयबारे जानकारी दिँदै कानुनमन्त्री ज्ञानन्द्र कार्कीले डिपोर्टेसन सेन्टर मार्फत फिर्ता भएका जेलमुक्त भएका र बेखर्ची भइ नेपाल फर्किएका नागरिकका लागि लाग्ने क्वारेन्टाइन खर्च सरकारले ब्यहोर्ने निर्णय गरिएको बताए। 

यस्ता छन् मन्त्रिपरिषदका पाँच निर्णय
१) डिपोर्टेसन सेन्टर मार्फत फिर्ता भएका जेलमुक्त भएका र बेखर्ची भइ नेपाल फर्किएका नेपाली नागरिकहरुका लागि लाग्ने क्वारेन्टाइन खर्च नेपाल सरकारले ब्यहोर्ने निर्णय गरिएको बताए। यसको लागि आवश्यक प्रबन्ध श्रम मन्त्रालयले गर्ने र अर्थ मन्त्रालयले आवस्यक रकम निकासा गर्ने।

२) रास्ट्र ऋण पाँचौ संशोधन नियमावली २०७८ र ऋणको प्राथमिकता तथा दोस्रो बजार तेस्रो संशाेधन नियमावली २०७८ स्वीकृत गर्ने।

३) विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था मार्फत आयोजना सञ्चालन गर्न ऋण स्वरुप अमेरिकी ६० मिलियन डलर बराबरको ऋण सहायता स्वीकार गर्ने।

४) कोभिड १९ को जोखिमको दोस्रो लहर नियन्त्रणका लागि विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेध आदेश लागू हुनु भन्दा अघि वा आदेशको अवधि भित्र सम्झौता भएका तर काम सम्पन्न हुन नसकेका चालु अवस्था तथा खरिद सम्झौता म्याद सम्बन्धि आपूर्तिकर्ता निर्माण व्यवसायी सेवा प्रदायक वा परामर्शदाताले ६ महिना थप गर्ने।

५) सत्य निरुपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयहरूको लागि ३५ जना सोही आयोगको प्रादेशिक मुकाम कार्यालयको लागि २१ जना र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका लागि २३ जना राजपत्रांकित कर्मचारीको अस्थायी दरबन्दी आयोगको म्याद समाप्त भए स्वत खारेज हुने गरि चालु आव २०७८/०७९ को लागि स्वीकृत गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .