ad ad

राजनीति


अमेरिकालाई चीनको चेतावनीः हामीलाई ‘दानवीकरण’ गर्ने कार्य बन्द गर

अमेरिकालाई चीनको चेतावनीः हामीलाई ‘दानवीकरण’ गर्ने कार्य बन्द गर

चिनियाँ उप–विदेशमन्त्री सिए फङ र अमेरिकी समकक्षी सर्मेन


नेपालखबर
साउन ११, २०७८ सोमबार १८:१,

चिनियाँ उप–विदेशमन्त्री सिए फङले अमेरिकाले चीनलाई कल्पित शत्रुको रुपमा हेरेका कारण दुई देशबीच गतिरोध जारी रहेको आरोप लगाएका छन्।

हाल अमेरिकी उप–विदेशमन्त्री वेन्डी सर्मेन दुईदिने चीन भ्रमणमा छिन्। सोमबार सर्मेन चीनमा रहने अन्तिम दिन हो।

सो क्रममा चीनले सर्मेनसँगको उच्चस्तरीय वार्तामा आफूलाई अमेरिकाले ‘दानवीकरण’ गर्ने गरेको र त्यो कार्य अमेरिकाले बन्द गर्नुपर्ने पनि बताएको छ।।

बाइडन सरकारले चीनप्रति विशेषतः मानवाधिकार र प्रतिबन्धजस्ता विषयमा कडा नीति अवलम्बन गरेका छन्।

चीनको विदेश मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिका अनुसार सोमबार उप–विदेशमन्त्री सिएले अमेरिकाले आफ्नै संरचनागत समस्याका लागि पनि चीनलाई दोष दिन चाहेको बताएका छन्।

धेरैले अमेरिका–चीनको यो उच्चस्तरीय वार्तालाई बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हुन सक्ने भेटको तयारीका रूपमा लिएका छन्।

केही समयदेखि दुई देशबीच तनाव बढेको छ। हाल अमेरिका र चीनबीच मानवअधिकार, कोरोना भाइरस, प्रविधि, व्यापार तथा अन्य धेरै विषयमा विवाद जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .