ad ad

राजनीति


अमेरिकी राजदूतसँग थप खोप सहयोग गर्न गृहमन्त्री खाणको आग्रह

अमेरिकी राजदूतसँग थप खोप सहयोग गर्न गृहमन्त्री खाणको आग्रह

नेपालखबर
साउन ११, २०७८ सोमबार १७:५७,

गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी राजदूत र्‍याण्डी बेरीले शिष्टाचार भेटघाट गरेका छन्। गृह मन्त्रालयमा सोमबार भएको भेटमा दुई देशीय आपसी सम्बन्धबारे छलफल भएको गृहमन्त्रीका निजी सचिव नरेन्द्र केसीले जानकारी दिएका छन्।

भेटमा गृहमन्त्री खाणले कोभिड–१९ महामारी नियन्त्रणका लागि खोप सहयोग गर्न आग्रह गरे।

‘नेपाल र अमेरिकाबीच लामो समयदेखिको लामो सम्बन्ध छ। अमेरिकाले आर्थिक वृद्धि, प्रकोप नियन्त्रण र कोभिड महामारीबाट बच्नका लागि दिँदै आएको सहयोगलाई निरन्तरता देओस भन्ने हाम्रो अपेक्षा छ,’ खाणको भनाइ उदृत गर्दै केसीले भने, ‘हामीलाई नागरिकलाई महामारीबाट बचाउन खोप आवश्यक छ। त्यो खोप अमेरिकाबाट सहयोगमा उपलब्ध होस् भन्ने हाम्रो भनाइ हो।’

राजदूत बेरीले विगतमा भएको सहयोग निरन्तर रहने बताएका थिए। ‘अमेरिकाले विगतमा दिँदै आएको सहयोगलाई निरन्तरता दिनेछ। हामी सहयोग र सहकार्यका लागि तयार छौँ,’ बेरीले मन्त्री खाणसँग भनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .