ad ad

राजनीति


माधव पक्षको निर्णय : एमालेमै रहने, एकताका लागि अझै पहल गर्ने

माधव पक्षको निर्णय : एमालेमै रहने, एकताका लागि अझै पहल गर्ने

नेपालखबर
साउन ११, २०७८ सोमबार १७:३९,

नेकपा (एमाले) को माधव नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ। माधव नेपाल पक्षीय नेताहरुको आइतबार र सोमबार काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंकेटमा बसेको स्थायी समितिका नेताहरुको बैठकले पार्टी एकताका लागि भइरहेका प्रयासहरु सकारात्मक रहेको ठहर गरेको हो। 

यससँगै त्यसलाई टुंगोमा पुर्‍याउन थप प्रयास गर्नुपर्नेमा जोड दिएको हो। बैठकले पार्टी एकताका लागि भइरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह समेत गरेको छ।

'पार्टी एकताका लागि भएका प्रयासहरु धेरै हदसम्म सकारात्मक छन्। ती प्रयासहरुलाई छिटो टुंगोमा पुर्‍याउनका लागि थप प्रयास गरौं भन्ने कुरा भयो। सबै नेताहरुले पार्टी एकतामा जोड दिने कुरामा सहमति जनाएका छन्', नेता रघुजी पन्तले बैठकपछि भने, 'तर दुवै पक्षका शीर्ष नेताहरुले पार्टीको एकताका लागि भएका प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति दिनु भएन।'

देशभरका कार्यकर्ताको चाहना पनि एकता नै रहेको उनले बताए। 'नेकपा एमालेका देशभरीका कार्यकर्ता, मतदाताहरु र मुलुकको राष्ट्रियता र लोकतन्त्रलाई माया गर्ने जनताहरु एमालेको एकता चाहन्छन भन्ने आत्मबोध गरिएको छ', उनले भने, 'त्यसैले पार्टी एकतालाई गम्भिरतापूर्वक अघि बढाउँदै सफल बनाउनु पर्छ भन्नेमा जोड दिइएको छ।'

बैठकले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छिट्टै भेट हुने विश्वास पनि व्यक्त गरेको छ। शीर्ष नेताहरुलाई भेटघाटका लागि आग्रह गरिएको पनि नेता पन्तले जानकारी दिए। पार्टीलाई एकतावद्ध बनाउँदै देशव्यापी रुपमा सशक्त ढंगले अघि बढन आफूहरु तयार रहेको उनले  बताए। 

बैठकमा संविधानको रक्षा, प्रतिनिधिसभाको पुन:स्थापनासँगै यसको प्रभावकारी काम कार्वाहीलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि नेताहरुले छलफल गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .