ad ad

राजनीति


एमाले एक हुँदैछ, अब माधव नेपाललाई कुर्दैनौँ : प्रदीप ज्ञवाली

एमाले एक हुँदैछ, अब माधव नेपाललाई कुर्दैनौँ : प्रदीप ज्ञवाली

नेपालखबर
साउन ११, २०७८ सोमबार १६:४३,

नेकपा एमालेका प्रवक्ता एवम् पूर्वमन्त्री प्रदीप ज्ञवालीले पार्टी एकताका लागि अब वरिष्ठ नेता माधव नेपाललाई नकुर्ने बताएका छन्। पाल्पाको तानसेनमा कार्यकर्ताहरुलाई सम्बोधनका क्रममा ज्ञवालीले अबको केही दिनमै पार्टी एकता हुने दाबी गरेका छन्। 

एमालेको एकता भइसकेको दाबी गरेका उनले कार्यदलले असार २७ गते तयार पारेको १० बुँदे सहमतिका आधारमा एकताल‍े अन्तिम रुप लिइसकेको पनि जिकिर गरे। 'अब माधव लगायतका नेताहरू तत्काल नआए पनि एकता रोकिँदैन', उनले भने, 'तर हामी ढोका बन्द गर्दैनौँ। अब कुरेर बस्ने स्थिति छैन। केही नेता तत्काल नआए पार्टीको ढोका खुला राख्दै अघि बढ्छौँ।'

उनले वरिष्ठ नेता नेपालसमितका केही नेताहरूले एकता नचाहेको समेत आरोप लगाए। 'विपक्ष दलको नेतालाई सरकार नबुझाउँदासम्म पार्टी एकता जोगाउन वर्तमान पार्टी अध्यक्षले भूमिका खेल्नु भएको हो', उनले भने, 'अब विपक्षी गठबन्धनले एकतामा नजानु भनेकाले माधव नेपालहरुले एकता नचाहनु भएको बुझेका छौँ।'

कांग्रेस-माओवादी र माधव नेपालको गठबन्धनले नेकपा एमालेलाई कमजोर बनाउने खेल खेलेको उनले बताए। 'यो गठबन्धनले एमाले फुटाउने, राष्ट्रिय राजनीतिमा भूमिकाविहीन बनाउने षड्यन्त्र बुनिरहेको छ', उनले भने, 'विभिन्न प्रलोभन दिएर संसाद खरिद बिक्री गर्ने, संसद निष्क्रिय बनाउने फोहोरी र अनैतिक काम गरिरहेका छन्।'

कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको चाहना एमालेलाई कमजोर बनाएर राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा लैजान खोजेकाले त्यस्तो हुन नदिने पनि ज्ञवालीले बताए। ज्ञवालीले सर्वोच्च अदालतको असार २८ को फैसला गलत र संविधानविपरीत रहेको पनि उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .