ad ad

राजनीति


ट्युनिसियाका राष्ट्रपतिले संसद निलम्बन गर्दै प्रधानमन्त्रीलाई बर्खास्त गरे

ट्युनिसियाका राष्ट्रपतिले संसद निलम्बन गर्दै प्रधानमन्त्रीलाई बर्खास्त गरे

राष्ट्रपति काइस सेइद


नेपालखबर
साउन ११, २०७८ सोमबार १६:१५,

ट्युनिसियाका राष्ट्रपतिले संसद निलम्बन गर्दै त्यहाँ प्रधानमन्त्रीलाई पनि बर्खास्त गरेका छन्।

ट्युनिसियाका राष्ट्रपति काइस सेइदले आइतबार राति त्यहाँका प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गरेको बताँइएको छ।

राष्ट्रपति काइस सेइदले आइतबार राति आफ्नो आधिकारिक फेसबुकमा भिडियो राखेर यो विषयमा जानकारी दिएसँगै उनले त्यहाँको सरकारको नेतृत्व पनि आफैंले गर्ने भएका छन्। चाँडै अर्को प्रधानमन्त्री नियुक्त गर्ने पनि बताइएको छ। 

आइतबार मात्र त्यहाँका नागरिकले देशको स्वास्थ्य र आर्थिक अवस्था निकै नाजुक भएको, महामारीका बेलामा पनि सरकारले जनतालाई केही राहात र सहुलियत दिन नसकेको भन्दै सरकारका विरुद्धमा प्रदर्शन गरेका थिए।

उनीहरुले वर्तमान सरकारलाई हटाउन र संसद पनि निलम्बन गरेर नयाँ निर्वाचनको लागि आह्वान गर्न माग गरेका थिए। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .