ad ad

राजनीति


रेशमले भने : महन्थ भीष्मपितामह हुन्, पक्ष विपक्षमा लाग्न नैतिकताले दिएन

रेशमले भने : महन्थ भीष्मपितामह हुन्, पक्ष विपक्षमा लाग्न नैतिकताले दिएन

नेपालखबर
साउन ११, २०७८ सोमबार १५:२४,

जनता समाजवादी पार्टीका निलम्वित सांसद रेशम चौधरीले अध्यक्ष महन्थ ठाकुरलाई भीष्मपितामहको संज्ञा दिएका छन्। उनले निर्वाचन आयोगले हेड काउन्ट गर्दा विजयी भएका उपेन्द्र यादव समूहलाई महन्थको सम्मान गर्न आग्रह गरेका छन्। 

'विजय गरेका साथीहरुलाई पनि आग्रह छ, त्यति लामो त्याग गरेर यहाँसम्म आउनु भएका महन्थ ठाकुरलाई सम्मान गर्नुस्। महाभारतको युद्धमा हुने हारजित भीष्मपितामहलाई थाहा थियो। तर उनी दुर्योधनको पक्षमा उभिए। युधिष्ठिर र अर्जुनले युद्ध जित्छन् भनेर पनि थाहा पाउँदा पाउँदै पनि उनले यस्तो अडान लिएका थिए', उनले भने, 'हरेक दिन अर्जुन भीष्मपितामहलाई सोध्न र भेट्न जान्थे। उनी आफ्नै बाबुलाई युद्धका कारण वाण हान्न पर्यो क्षमा पाऊँ भन्थे। त्यस्तै महन्थ ठाकुरप्रति मेरो पनि अत्यन्त आदर छ। जिन्दगीभरी कमाएको निष्ठाका लागि भीष्मपितामहको दर्जा कायम गरिदिन म विजयी साथीहरुलाई पनि भन्छु।'

चौधरीले जेलबाट निर्वाचन आयोगमा आएर पक्ष विपक्षमा उभिन नैतिकताले नदिएको पनि बताए। 'जेलबाट निर्वाचन आयोगमा आएर पक्ष र विपक्षमा मतदान गर्न मेरो नैतिकताले दिएन', उनले भने, 'राजनीतिक कारणले म जेलमा छु। मेरो मुद्दामा मेरो दल कति लडेको छ? हेरिरहेको छु।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .