जनता समाजवादी पार्टी नेपालको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले गरेको हेड काउन्टका क्रममा निलम्वित सांसद रेशम चौधरी तटस्थ बसेका छन्। डिल्ली बजार जेलबाट आयोग परिसरमा लगिएका उनले जसपाका एकजना अध्यक्ष महन्थ ठाकुरसँगको संवादपछि तटस्थ बस्ने निर्णय लिएका हुन्।
उपेन्द्र यादव पक्षीय नेतृ रेणु यादवका अनुसार चौधरीले दुवै पक्षलाई साथ नदिने निर्णय लिएका हुन्। उनले निर्वाचन आयोगले तोकेको १०२ नम्बर कोठामा पुगेर आफूलाई तटस्थ राखेका हुन्। यद्यपि उनकी पत्नी रञ्जीता भने जसपा ठाकुर पक्षतिर निकट थिइन्।
252
Shares
प्रतिक्रिया