राजनीति


रेशम चौधरी र पत्नी आयोगमा, आफ्नो पार्न महन्थ र उपेन्द्रको होडबाजी

रेशम चौधरी र पत्नी आयोगमा, आफ्नो पार्न महन्थ र उपेन्द्रको होडबाजी

नेपालखबर
काठमाडौँ, साउन ११

टीकापुर हत्याकाण्डका दोषी निलम्बित सांसद रेशम चौधरी डिल्ली बजार जेलबाट कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका छन्।

डिल्ली बजार जेलमै सनाखत गर्न तयार नभएपछि उनलाई कारागार प्रशासनले निर्वाचन आयोगको कार्यालयमै लगिएको हो। रेशम निर्वाचन आयोग आउने भएपछि उनकी पत्नी रञ्जीता श्रेष्ठ चौधरी त्यहाँ पुगिसकेकी छन्। 

रेशम पत्नी रञ्जीता भने जसपाको ठाकुर समूहमा उभिएकी छन्। तर रेशमको स्वागतमा जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्ष तान्ने योजनामा छन्।

ठाकुर पक्षबाट सुरेन्द्र झा र जितेन्द्र सोनलसहित आयोगमा तयार थिए। उता यादव पक्षबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेताहरु उभिएका छन्। 

रेशमलाई तानातान प्रयास भएपछि आयोगमा तैनाथ प्रहरीले भिड हटाउने प्रयास गरेको छ। निर्वाचन आयोगले कार्यकारिणी समितिको हेड काउन्ट गर्दा यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १७ जना उभिएका छन्। 

साउन ११, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .