ad ad

राजनीति


अमेरिका र चीनबीचको विवाद वैठकमा पनि झल्कियो, आरोप–प्रत्यारोपमा समय खर्चिए

अमेरिका र चीनबीचको विवाद वैठकमा पनि झल्कियो, आरोप–प्रत्यारोपमा समय खर्चिए

चिनियाँ उप-विदेशमन्त्री सी फेंग र अमेरिकी समकक्षी सर्मन


नेपालखबर
साउन ११, २०७८ सोमबार १३:११,

आइतबारदेखि अमेरिकी उप-विदेशमन्त्री वेन्डी सर्मन दुईदिने चीन भ्रमणमा छिन्। 

चीन र अमेरिकाबीच जारी तनाव कम गर्ने उद्देश्यका साथ सर्मन तियांजिन शहरमा पुगेकी हुन्। तर बैठकमा यी दुई देशबीचको विवादको विषयमा छलफल हुँदा चीनले अमेरिकालाई विभिन्न आरोपहरु लगाएको छ।

चीनले उच्चस्तरीय बैठकका क्रममा सिधै अमेरिकालाई आफ्नो बदनाम गर्ने कार्य बन्द गर्न भनेको बीबीसीले जनाएको छ।

चीन र अमेरिकाबीच यतिबेला मानवअधिकार, साइबर सुरक्षा, कोरोना भाइरस लगायत धेरै विषयमा बिमती छ। 

चीनको विदेशमन्त्रालयले विज्ञप्ती जारी गर्दै अमेरिकी उप-विदेशमन्त्री सर्मनलाई भनेको छ,‘अमेरिकाले यो महसुस गरेको छ कि उसले आफ्नो संरचनात्मक समस्याहरूको कारण कुनै न कुनै रूपमा चीनलाई बदनाम गर्नेछ।’

विज्ञप्तीमा चिनियाँ उप-विदेशमन्त्री सी फेंगले अमेरिकाले चीनलाई काल्पनिक दुश्मन सम्झिएको पनि बताएका छन्। ‘अमेरिकालाई हामीविरुद्ध उसको खतरनाक नीति र भयानक भ्रमित धारणा परिवर्तन गर्न आग्रह गर्दछौं’ विज्ञप्तीमा भनिएको छ।

सर्मनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग छलफल गर्ने कार्यक्रम तय भएको छ। उनले हेनान प्रान्तमा आएको बाढीको विषयमा दुःख व्यक्त गरेको पनि समाचारमा जनाइएको छ। 

आइतबार मात्र चीनले अमेरिकालाई अन्य देशको सम्मान गर्न नआउने आरोप लगाएको थियो।

चिनियाँ विदेशमन्त्री वाङ यीले विश्व समुदायसँग मिलेर चीनले अमेरिकालाई समान व्यवहारको पाठ सिकाउने उल्लेख गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .