जनता समाजवादी पार्टी नेपालको आधिकारिकता विवाद निर्वाचन आयोगले निरुपण गरिरहँदा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जना कार्यकारिणी समिति सदस्यले सनाखत गरेका छन्।
निर्वाचन आयोगले गरिरहेको 'हेड काउन्ट' का क्रममा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका मनीषकुमार सुमन र राजकिशोर यादव पनि यादवतिर लागेका छन्। यादव यसअघि केपी ओली नेतृत्वको सरकारमा मन्त्री भएका थिए भने मनीष सुमन प्रदेश २ का सांसद हुन्।
'हाम्रो पक्षमा अहिलेसम्म ३४ जना सदस्यले हस्ताक्षर गरिसकेका छन्। अझै रेशम चौधरी पनि आउँदै हुनुहुन्छ', अध्यक्ष यादवले भने, 'यो संख्या अझै बढ्न सक्छ। हाम्रो पक्षमा, पार्टी एकताको पक्षमा पूरा बहुमत आएको छ।'
15
Shares
प्रतिक्रिया