नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डको निवासमा पुगेका छन्।
प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालका अनुसार कांग्रेसका वरिष्ठ नेता आज बिहान खुमलटार (प्रचण्ड निवास) पुगेर आमा सीता दाहालको स्वास्थ्यबारे जानकारी लिएका हुन्।
प्रचण्डकी पत्नी सीता लामो समयदेखि बिरामी छन्। उनी पार्किन्सन्स नामको रोगबाट पीडित छन्।
केही दिनअघि उनलाई भेट्न कांग्रेसका सभापति एवं प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि प्रचण्ड निवास पुगेका थिए।
9
Shares
प्रतिक्रिया