ad ad

राजनीति


डोबाटे विश्वकर्माको ठाउँमा प्रदेशमन्त्री बनाइएका बिन्दुकुमार थापाले दिए यस्तो स्पष्टीकरण

डोबाटे विश्वकर्माको ठाउँमा प्रदेशमन्त्री बनाइएका बिन्दुकुमार थापाले दिए यस्तो स्पष्टीकरण

नेपालखबर
साउन ११, २०७८ सोमबार ९:१९,

डोबाटे विश्वकर्माको नाम काटेर गण्डकी प्रदेशको कानुन, सञ्चार तथा संसदीय मामिलामन्त्री बनाइएका बिन्दुकमार थापाले आफूविरुद्ध कुप्रचार गरिएको दाबी गर्दै खण्डन गरेका छन्। 

मन्त्री थापाले वक्तव्य जारी गरी आफ्नो छवि धुमिल्याउन प्रतिपक्षी मात्र नभएर पार्टीभित्रैबाट पनि ‘आक्रमण’ भइरहेको बताएका हुन्। 

उनले भनेका छन्, ‘पार्टीकै केही पदाधिकारीहरूले आफ्नो व्यक्तिगत स्वार्थका खातिर केन्द्रीय नेतृत्वलाई नै आक्षेप आउने गरी तथा महाधिवेशनलाई नै प्रभाव पार्नेगरी पार्टी नीतिविपरीत नै गुटगत रूपमा आक्रमण गर्न खोजिरहेको स्पष्ट नै छ।’

उनले आफ्नो क्षमता र पार्टीमा दिएको योगदानका आधारमा मुख्यमन्त्रीले आफूलाई मन्त्रीमा नियुक्त गरेको दाबी पनि गरेका छन्। 

विज्ञप्तिमा उनले लेखेका छन्, ‘नेपाली कांग्रेसको लागि मैले गरेको योगदान, प्रदेश सभा सदस्य निर्वाचित भएपछि सांसदको हैसियतमा संसदीय दलले दिएको जिम्मेवारीको पूर्ण सफल कार्यान्वयन, पछिल्लो समय गठबन्धनको सरकार निर्माणका बखत मैले खेलेको भूमिकालगायत म कानुनको विद्यार्थी भएको नाताले माननीय मुख्यमन्त्रीज्यूले मन्त्रिपरिषदको सदस्यमा कानुन, सञ्चार तथा संसदीय मामिलामन्त्रीका रूपमा नियुक्त गर्नुभएको हो।’

साथै उनले सामाजिक सञ्जालमार्फत पनि आफ्नो नियुक्तिलाई समावेशिता र  केन्द्रीय नेतृत्वको हस्तक्षेपसँग जोडेर भ्रम फैलाउने दुष्प्रयास भइरहेको दाबी गरेका छन्। 

उनले भनेका छन्, ‘यसमा आम सर्वसाधरण र शुभेच्छुकहरूलाई भ्रमित नहुन अनुरोध गर्दछु। कर्ममा विश्वास गर्ने म चुनौतीहरूको जवाफ आफ्नो कार्य–सम्पादबाटै  दिने कुरामा विश्वास गर्छु र सोहीअनुरूप प्राप्त जिम्मेवारीमा सदैव मन वचन र कर्मले दत्तचित्त रहने प्रतिबद्धता व्यक्त गर्दछु।’

गत शुक्रबार गण्डकीमा मन्त्रिपरिषद् विस्तार गर्दा कांग्रेसले सुरुमा मन्त्रीका लागि डोबाटे विश्वकर्माको नाम निश्चित गरेका थिए। त्यसअनुसार विश्वकर्मा शपथका लागि प्रदेश सभामा आउँदै पनि थिए। तर बीचमै उनले थाहा पाए– उनको स्थानमा त बिन्दुकुमार थापालाई शपथ खुवाइयो!

यसरी दलित भएकै कारण उनलाई हटाइएको भनेर अहिले व्यापक आलोचाना भइरहेको छ। कांग्रेसकै कतिपय प्रभावशाली नेताले समेत यो गलत निर्णय सच्याउन आवाज उठाइरहेका छन्। 

यो पनि : ​निर्णय तुरुन्त सच्याऊ, डोबाटे विश्वकर्मालाई मन्त्री बनाऊ : डा. शेखर कोइराला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .