ad ad

राजनीति


माधवसँगको भनाभनपछि नारदमुनिले मगाए अडियो रेकर्ड

माधवसँगको भनाभनपछि नारदमुनिले मगाए अडियो रेकर्ड

नेपालखबर
साउन १०, २०७८ आइतबार २१:२७,

नेकपा एमालेका असन्तुष्ट नेता माधवकुमार नेपालसँग आइतवार भएको भनाभनपछि सांसद नारदमुनि रानाले अडियो रेकर्ड मागेका छन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आज रानालाई नेता नेपालले प्रतिगमनको मतियार भन्दै राजीनामा दिएर बाहिर जान चेतावनी दिएका थिए। 

माधव नेपालसँग भनाभनसँगै आफूमाथि अनेक आरोप लगाएपछि रानाले संसदीय समितिको बैठकको अडियो रेकर्ड संसद सचिवालयसमक्ष माग गरेका छन्। आइतबार बिहान ११ बजे प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपालले रानामाथि हप्कीको शैलीमा थर्काएका थिए। 

'प्रतिगमनको मतियार राजीनामा दिएर बाहिर निस्कनुस्', नेता नेपालले भनेका थिए। त्यसअघि रानाले प्रतिनिधिसभा विघटनको दोषी नेता नेपाल पनि भएको बताएका थिए। उनले नेता नेपालसहितले आफ्नै पार्टीका प्रधानमन्त्रीलाई विश्वासको मत नदिएर राजनीतिक बेइमानी गरेको पनि उल्लेख गरेका थिए।

त्यसपछि प्रतिगमनको मतियार भन्दै रानालाई नेता नेपालले बैठक छाडेर जान भनेका थिए। रानाले संसद सचिवालयका महासचिवलाई पत्र लेखेर बैठकको श्रव्यदृष्य उपलब्ध गराउन आग्रह गरेका हुन्।

उनले संसदीय समितिमा माधव नेपाल र आफ्नो हैसियत समान रहेको पनि बताएका छन्। संसदीय समिति बैठकको सबै रेकर्ड सुनेर कारबाहीका लागि आफूले अडियो मगाएको उनले बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .