नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरू भएको छ। बैठक काठमाडौंको बुद्धनगरमा बसिरहेकाे हाे।
पार्टी भित्र एकताको पहल गरिरहेका कार्यदलका सदस्यहरूसहित नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरूले बैठक बोलाउन माग गरेपछि नेता नेपालले बैठक आह्वान गरेका हुन्।
पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षबीचको विवाद साम्य हुन नसक्दा एमाले विभाजनको संघारमा छ। तर दोस्रो तहका नेताहरूले भने पार्टीलाई एकताबद्ध बनाउनुपर्ने भन्दै छलफल चलाइरहेका छन्।
बैठकमा उपाध्यक्ष भीम रावल पनि सहभागी छन्।
यसअघि गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा नेता नेपालसित कुरा नमिलेपछि रावलले सांसद पदबाट राजीनामा दिएका थिए।
त्यसपछि एमालेका दुबै समूहले गर्ने गतिविधिमा रावल जान छोडेका थिए। रावलले शुक्रबार सांसद पदबाट राजीनामा फिर्ता लिए। त्यसपछि उनी नेपाल समूहमै सक्रिय हुन थालेका हुन्।
Shares
प्रतिक्रिया