ad ad

राजनीति


जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठक बालकुमारीमा, यी हुन् एजेण्डा

जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठक बालकुमारीमा, यी हुन् एजेण्डा

नेपालखबर
साउन ९, २०७८ शनिबार १५:११,

जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहको कार्यकारिणी समिति बैठक शनिबार अपरान्ह ललितपुरको बालकुमारीमा बसिरहेको छ। निर्वाचन आयोगले जसपा विवाद निरुपण गर्दै विभाजनका लागि आवश्यक निर्णय दिन लाग्दै गर्दा जसपाको यादव समूहको बैठ बसेको हो।

यो बैठकले सरकारमा जानेबारे आजै ठोस निर्णय गर्ने अवस्था छैन। संसदीय दलको नेता अहिलेसम्म चयन नभएकाले बैठकमा अन्य एजेण्डामाथि छलफल हुने भएको छ। अध्यक्ष यादवको सचिवालयका अनुसार आजको बैठकमा संसदीय दलको विधान अनुमोदन, संसदीय दलका निर्वाचन गराउन समिति गठन, प्रशिक्षण अभिमुखीकरण, सर्वोच्च अदालत र निर्वाचन आयोगमा रहेका मुद्दाबारे छलफल गर्ने भएको छ।

सर्वोच्च र निर्वाचन आयोगका मुद्दालाई लिएर बैठकले अख्तियारी दिने बताइएको छ। बैठकमा यादवसहित डा. बाबुराम भट्टराईसहितका नेताहरु सहभागी छन्। जसपामा उपेन्द्र पक्ष र अर्का अध्यक्ष महन्थ ठाकुरबीच चर्को विवाद छ। जसपा आधिकारिकतालाई लिएर दुई पक्षबीचको विवादको छिनोफानो निर्वाचन आयोगले केही दिनमै गर्ने तयारी छ। 

जसपामा देखिएको विवाद मिलाउनका लागि निर्वाचन आयोगले तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल मिल्दा हस्ताक्षर गरेका ५१ जना कार्यकारिणी समिति सदस्यलाई नागरिकतासहित उपस्थित हुन भनेको छ। यस्तोमा ठाकुर पक्षले शुक्रबार सर्वोच्च अदालतमा रिट हालिसकेको छ। 

पार्टीमा आधिकारिकता दाबीसहित उपेन्द्र यादवले निर्वाचन आयोगमा पुगेको थियो।  त्यसपछि कार्यकारिणी समितिमा हेरफेरसहित ठाकुर पक्षले पनि निवेदन दिएको थियो। सर्वोच्चको फैसलाबाट हट्नुअघिसम्म जसपा ठाकुर समूह तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा थियो। तर अहिले पाँच दलीय गठबन्धन सत्तामा जाने भएपछि ठाकुर समूह पनि त्यतै लागेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .