ad ad

राजनीति


विप्लवले भेटे राप्रपा अध्यक्ष थापालाई, तीन बुँदे सहमति कार्यान्वयनमा जोड

विप्लवले भेटे राप्रपा अध्यक्ष थापालाई, तीन बुँदे सहमति कार्यान्वयनमा जोड

नेपालखबर
साउन ८, २०७८ शुक्रबार १२:५,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्ने बताएको छ। राप्रपाका अध्यक्ष कमल थापाले शुक्रबार बिहान नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँगको भेटवार्तापछि तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्ने बताएका हुन्।

‘नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहित उक्त पार्टीका नेता र राप्रपाका नेताबीच आज सौहार्दपूर्ण भेटघाट भयो। दुवै पक्षका बीच समसामयिक विषयमा विचार विमर्श भयो,’ थापाले भनेका छन्, ‘विप्लव नेतृत्वको नेकपासँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा छ।’ 

पूर्ववर्ती सरकारले गत फागुन २० गते तत्कालीन अवस्थामा प्रतिबन्धित नेकपासँग प्रतिवन्ध फुकुवा, नेता-कार्यकर्ता रिहाइ र मुद्दा खारेज गर्ने सहमति गरेको थियो। त्यसको भोलिपल्ट विशेष समारोह गरेर सहमति सार्वजनिक गरिएको थियो। उक्त समारोहलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गरेका थिए। 

तर चार महिना बितिसक्दा पनि सहमति अनुसार प्रतिबन्ध फुकुवाबाहेक बन्दी रिहाइ र मुद्दा फिर्ताबारे काम हुन सकेको छैन। नेकपाले विभिन्‍न मुद्दामा एक सय ३० नेता-कार्यकर्ता विभिन्न कारागारमा थुनिएको जनाएको छ।

विप्लवले साउन ६ गते प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेर तीन बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए। जवाफमा प्रधानमन्त्री देउवाले पूर्ववर्ती सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गरिने आश्वासन दिएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .