ad ad

राजनीति


दसैँ, तिहारअघि नै सबै नेपालीले खोप पाउँछन् : वर्षमान

दसैँ, तिहारअघि नै सबै नेपालीले खोप पाउँछन् : वर्षमान

नेपालखबर
साउन ७, २०७८ बिहिबार २०:२६,

सरकारले दसैँ, तिहार लगायतका चाडअघि नै नेपालीहरुलाई कोरोना विरुद्धको खोप लगाइसक्ने भएको छ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले दसैँ, तिहार अगाडि नै सबै नेपालीलाई खोप लगाइने दाबी गरे। 

‘सरकारको प्राथमिकता खोपमा छ,’ पुनले नेपालखबरसँग भने, ‘हामी दसैँ तिहार अगाडि नै सबै नेपालीलाई खोपको व्यवस्था मिलाएर मजाले चाड मनाउन दिने व्यवस्था मिलाउँछौं।’

नेपालीलाई आवश्यक खोपको सबै मात्रा केही दिनमै आउने र सरकारले आक्रामक रुपमा खोप लगाउने कार्यक्रम सुरु गर्न लागेका उनले बताए। 

सरकार सञ्चालनमा सहयोग, मन्त्रालय बाँडफाँट, राजनीतिक नियुक्तिमा मापदण्ड, सरकारका कामकारवाहीका लागि साझा नीति तथा कार्यक्रम बनाउन सहज गराउने गरी गठन गरिएको कार्यदलका सदस्य समेत रहेका पुनले खोपको प्रयाप्त व्यवस्था मिलाएर समाजिक र आर्थिक जनजीवन समेत सामान्य बनाउन लागेको दाबी गरे। 

‘सबै नेपालीले कोरोना विरुद्धको खोप लगाएपछि अहिले ठप्प रहेको सामाजिक र आर्थिक गतिविधि खुल्ला हुन्छन् र जनजीवन सामान्य बन्दै जान्छ,’ पुनले भने।

शेरबहादुर देउवा सरकारको प्राथमिकतामा, खोप, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक सामाजिक अवस्थामा सुधार र विकास निर्माणमा भएका भ्रष्टाचारको अन्त्य गर्नेगरी सुशासन रहेको पुनको भनाई छ। 

नेपालखबरसँग कुरा गर्दै पुनले भने, ‘केपी ओलीले सबै कुरा खलबल्याउनुभएको छ। लोकतान्त्रिक समाज नै खलबलिएको छ।अब खुल्ला रुपले स्वतन्त्र रुपमा जनताले सहज ढंगले काम गर्न पाउँछन्, सेवामा सबैको पहुँच पुग्छ।’

ओलीकै पालामा बिग्रिएको अन्तर्राष्ट्रिय सम्बन्ध दिगो र परिपक्क बनाई कतैपनि नढल्कने गरी ट्याकमा ल्याउन गठबन्धनको सरकार सफल हुने उनले बताए।

त्यस्तै सरकारले विकास निर्माणमा भएका भ्रष्टाचार, अनियमितताको छानबिन गर्ने उनले बताए। 

ओली सरकारका पालामा मापदण्ड मिचेर गरिएका राजनीतिक नियुक्ति सबै खारेज गर्ने पुनले दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .