ad ad

राजनीति


सकियो एमाले बैठक : माधव पक्षसँग एकताको अन्तिम प्रयास गर्ने निर्णय

सकियो एमाले बैठक : माधव पक्षसँग एकताको अन्तिम प्रयास गर्ने निर्णय

नेपालखबर
साउन ७, २०७८ बिहिबार १८:१,

प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठक बिहीबार सकिएको हो। आज सकिएको बैठकले असन्तुष्ट माधव नेपाल पक्षसँग एकताका लागि अन्तिम प्रयास गर्ने निर्णय लिएको प्रवक्ता प्रदीप ज्ञवालीले दिएका छन्। 

हामी अझै पनि पार्टी एकता र कम्युनिष्ट आन्दोलन जोगाउन छलफलमा छौँ। माधव पक्षसँग वार्ता जारी छ। अबको केही दिनका छलफलहरूले धेरै कुरा तय गर्छ', ज्ञवालीले बैठकपछि भने, 'हामीले प्रवृत्तिसँग सम्झौता गर्ने होइन, व्यक्तिलाई रोग लाग्यो भने रोग निको बनाउने हो। हरेक नेतृत्वको प्रयास अन्तिमसम्म पनि कमजोरीबाट जोगाउने हुन्छ। हामी त्यही उपचार प्रयासमै छौँ।'

ज्ञवालीले माधव पक्षसँगको एकता प्रयासको जिम्मेवारी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको बताएका छन्। 'अध्यक्ष कमरेडले अब एकताका लागि अन्तिम प्रयास गर्नुहुनेछ। यो विवाद र रडाको अब निश्चित अवधिका लागि हो', उनले अगाडि भने, 'हामी आशा गर्छौँ एमाले एकता बचाउँदै चाँडै सकारात्मक निष्कर्षमा पुर्‍याउँछौँ।'

उनले अध्यक्ष ओलीले पनि आजको बैठकमा हदैसम्म लचिलो भएर एकता प्रयास गर्ने बताएको जानकारी दिए। 'अध्यक्ष कमरेडले पनि एकताकै बाटोमा जाने बताउनु भएको छ। उहाँले आजको बैठकमा एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने बताउनु भएको छ', ज्ञवालीले थपे, 'माधव कमरेडले अपमानित हुने ठाउँमा बस्दै बस्दिनँ भनेकोप्रति मेरो टिप्पणी केही छैन। तर हाम्रो प्रयास आन्दोलनको रक्षा हो। यति ठूलो धक्का दिएर कसैलाई त्यसप्रति पछुतो छैन भने त्यो उहाँहरुको कुरा हो। तर हामी अन्तिम प्रयास गर्छौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .