नेपाल कम्युनिष्ट पार्टीका महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसकै दिन नेकपा एमालेको माधवकुमार नेपाल पक्षले 'पिपुल्स भोलेन्टियर्स' घोषणा गरेको छ। भक्तपुरमा आयोजित पुष्पलाल स्मृति दिवस कार्यक्रममा वरिष्ठ नेता नेपालले 'पिपुल्स भोलेन्टियर्स' घोषणा गरेका हुन्।
नेपालले घोषणा गरेको 'पिपुल्स भोलेन्टियर्स' भोलेन्टियर्सको प्रमुखमा शिव श्रेष्ठलाई तोकिएको छ। त्यस्तै यो संगठनको इन्चार्जमा नेपाल पक्षीय युवा संघका नेता सञ्जीव राईलाई जिम्मेवारी दिइएको छ। माधव नेपालले घोषणा गरेको 'पिपुल्स भोलेन्टिर्यस'को केन्द्रीय समिति १००१ सदस्यीय रहेको छ।
'पिपुल्स भोलेन्टिर्यस'लाई नेपाल पक्षीय युवा संघ नेपालले सञ्चालन गर्नेछ। यसको सञ्चालन जिम्मेवारी माधव पक्षीय संघका अध्यक्ष नरेश शाहीलाई दिइएको छ। नेता नेपालले 'पिपुल्स भोलेन्टियर्स' घोषणा गर्दै अरु बाँकी कामहरु युवा संघका अध्यक्ष शाहीले अगाडि बढाउने जानकारी दिए
Shares
प्रतिक्रिया