राजनीति


माधव पक्षलाई ओलीको आग्रह : आममाफी भयो, आउनुस् मिलेर काम गरौँ

माधव पक्षलाई ओलीको आग्रह : आममाफी भयो, आउनुस् मिलेर काम गरौँ

नेपालखबर
साउन ७ ,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट रहेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई फेरि एक पटक मिलेर अघि बढ्न आह्वान गरेका छन्। ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटी बैठकलाई बिहीबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई पनि सम्झिँदै उनले एमालेको विवादले आन्दोलन कमजोर भएको भन्दै मिलेर अघि बढ्ने प्रस्ताव माधव पक्षसँग राखेका हुन्। 'हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ', उनले अगाडि भने, 'अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ।'

ओलीले नेपाल समूहलाई इंगित गर्दै अब बाटो बिराएर, भड्किएर नहिँड्न पनि आग्रह गरे। 'बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि आग्रह गर्छु। यस पार्टी र आन्दोलनको एकताका लागि आउनुस् सबैले मिलेर काम गरौँ', उनले भने, 'एम्नेष्टी इज ग्रान्टेड, एमालेलाई एक बनाएर जाऊँ। कम्युनिष्ट आन्दोलनले, नेकपा एमालेले धेरै ठूलो क्षति व्यहोरेको छ। अब यसलाई रोकेर अघि बढौँ।'

उनले आफूलाई तत्कालीन नेकपा रहँदा गत वर्ष साधारण सदस्यबाटै निकालेको पनि स्मरण गरे। 'गत वर्ष मलाई साधारण सदस्यबाट पनि निकाले, २०२९ सालमा पनि निकालेका थिए', उनले भने, 'अब त्यो बाटोमा नजाऊँ, हामी सबै एकसाथ अघि बढौँ।' 

साउन ७, २०७८, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad