ad ad

राजनीति


निजामती सेवा ऐन अघि बढाउन राष्ट्रिय सभा सांसदको माग

निजामती सेवा ऐन अघि बढाउन राष्ट्रिय सभा सांसदको माग

नेपालखबर
साउन ७, २०७८ बिहिबार १५:३४,

राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्माले निजामती सेवा ऐन तुरुन्त अगाडि बढाउन सरकार समक्ष आग्रह गरेका छन्।

बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य शर्माले संघीय निजामती सेवा ऐन बन्न नसक्दा प्रदेश सरकारलाई समेत काम गर्न अप्ठ्यारो परिरहेको भन्दै विधेयकलाई अगाडि बढाउनको निम्ति सरकार समक्ष आग्रह गरे। 

उनले भने, ‘निजामती सेवा ऐन विधेयकमा थन्किएको छ। धेरै लामो समयदेखि अगाडि बढ्न सकेको छैन। यसले प्रदेश निजामती ऐन अगाडि बढ्न पनि सकेको छैन। यसले प्रदेश सरकारहरूले काम अगाडि बढाउन सकेका छैनन्। प्रदेश लोकसेवा आयोगले पनि काम अगाडि बढाउन सकेको छैन। म सरकारको ध्यान आकृष्ट गर्न चाहान्छु, यो विधेयक तुरुन्त अगाडि बढाइयोस्।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .