ad ad

राजनीति


जसपा ठाकुर पक्ष पनि सरकारमा जान तम्तयार

जसपा ठाकुर पक्ष पनि सरकारमा जान तम्तयार

नेपालखबर
साउन ७, २०७८ बिहिबार ९:५,

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष पनि सरकारमा जान तम्सिएको छ। 

अध्यक्ष ठाकुरले बुधबार बालुवाटार (प्रधानमन्त्रीको निवास) मा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि यो पक्ष सरकारमा सहभागी हुन सकारात्मक भएको हो।  

भेटवार्तामा देउवाले ठाकुरलाई सरकारमा सहभागी हुन आग्रह गरेको ठाकुर पक्षका एक निकट नेताले बताएका छन्। तर मन्त्रालय बाँडफाँटमा कुरा मिल्न बाँकी छ।

उनका अनुसार आफ्नो पार्टीका माग सम्बोधन गर्ने सर्तमा सरकार सहमत भए जसपा महन्थ पक्ष पनि सरकारमा सहभागी हुनेछ। यसअघि पनि यो पक्ष ओली सरकारमा सहभागी भएको थियो। 

मधेस आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा फिर्ता गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, नागरिकता विधेयक पास गर्नुपर्ने तथा निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्नुपर्ने माग यस पार्टीले राखेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .