ad ad

राजनीति


जसपा आधिकारिता विवाद सुनुवाइ गर्न आज इजलास बस्दै

जसपा आधिकारिता विवाद सुनुवाइ गर्न आज इजलास बस्दै

नेपालखबर
साउन ७, २०७८ बिहिबार ८:४०,

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता प्राप्त गर्ने दुई पक्ष (महन्थ ठाकुर र उपेन्द्र यादव) दाबीबारे निष्कर्ष दिन निर्वाचन आयोगको इजलास आज (बिहीबार) बस्दै छ। 

ओली सरकारलाई हेर्ने दृष्टिकोण नमिलेपछि जसपामा दुई पक्षमा विभाजन भएको हो। यसपछि दुवैले पार्टीको आधिकारिक पक्ष आफू भएको दाबी आयोगमा पेस गरेका हुन्। विवाद निरुपणका लागि प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा ५ सदस्सीय इजलास गठन गरेको हो। 

आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरिएको आयोगले जनाएको छ। 

आयोगका अनुसार केन्द्रीय कार्यकारिणी समितिको बहुमत हेरेर निर्णय गरिनेछ। 

राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणका आधारमा कुनै पक्षलाई आधिकारिता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत हुनेलाई मान्यता दिइने प्रावधान छ। 

इजलासले गत आइतबारदेखि जसपा विवादबारे सुनुवाइ गरिरहेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .