नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले आज (बिहीबार) पनि निरन्तरता पाउने भएको छ।
ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सोमबार सुरु एमालेको १०औं केन्द्रीय कमिटी बैठक आज चौथो दिन पनि जारी रहने भएको हो।
आजको बैठकमा आफ्ना अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका उपलब्धि, सर्वोच्च अदालतले असार २८ गते गरेकाे फैसला, पार्टीको आगामी कार्ययोजना, पार्टी सुदृढीकरण र शुद्धीकरण अभियानलगायत एजेन्डा छन्।
हिजो तेस्रो दिन पार्टी निर्देशनविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसद्लाई स्पष्टीकरण माग्दै पत्र पठाएको छ।
39
Shares
प्रतिक्रिया