ad ad

राजनीति


एमालेकाे ठहर : सर्वोच्चको फैसला संविधानको मर्मविपरित

एमालेकाे ठहर : सर्वोच्चको फैसला संविधानको मर्मविपरित

नेपालखबर
साउन ६, २०७८ बुधबार २०:४५,

नेकपा (एमाले) ले सर्वोच्च अदालतको फैसला  संविधानको मर्मविपरित भएको ठहर गरेको छ। 

बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले सर्वोच्चको फैसलाले शक्ति पृथकीकरण र नियन्त्रणको अवस्थालाई खल्बल्याएको र संविधानको आधारभूत संरचनालाई नै कमजोर तुल्याएको प्रवक्ता  प्रदीप ज्ञवालीले बताए।

सर्वोच्च अदालतले गत असार २८ गते परमादेश जारी गरी विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्नुका साथै १४९ सांसदको  समर्थन प्राप्त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको थियो। 

एमालेको बैठकले सार्वोच्चको सो फैसलाप्रति औपचारिक रुपमै विरोध प्रकट गरेको छ। फैसलाले मुलुकको लोकतान्त्रिक प्रणालीलाई नै गलत दिशातिर लैजाने काम गरेको ज्ञवालीले दाबी गरे।

बैठकपछि निर्णय सुनाउँदै प्रवक्ता ज्ञवालीले भने, ‘७० वर्षदेखि हामी लडिरहेको पार्टी स्वतन्त्रता र दलीय व्यवस्थालाई आँच पुर्याएको, यसमाथि प्रहार गरेको, माग्दै नमागेका कतिपय विषयलाई मानेर अतिरिक्त सक्रियता बढाएको र जनताको हातमा रहेको सार्वभौम र राजकीय  सत्ता जुन निर्वाचनमार्फत प्रकट हुन्छ, त्यसरी जनताको बिचमा जाने र निर्वाचनमा गर्ने प्रक्रियालाई अलोकतान्त्रिक अथवा निरंकुश भन्ने ब्लेम लगाएको अथवा त्यसलाई लाञ्छित गरेको र अन्यथा परिभाषित गरेको, यसले मुलुकको लोकतान्त्रिक प्रणालीलाई नै गलत दिशातिर लैजाने काम गरेको छ।’

प्रवक्ता ज्ञवालीले संविधानको धारा ७६ (५)को निर्दलीय व्याख्या भएको भन्दै यो फैसलाप्रति आफूहरुको गम्भीर असहमति रहेको तर कार्यान्वयन गर्ने बताए।

उनले भने भने, ‘भोलि आवश्यक पर्दा संविधान संशोधन गर्छौं र धारा ७६(५) को निर्दलीय व्याख्या भएको छ, त्यसलाई सच्याउँछौं ।’

बैठकले प्रतिकूल परिस्थितिमा पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ४१ महिनामा राम्रो काम गरेको समिक्षा गर्दैै धन्यवाद समेत दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .