नेकपा (माओवादी केन्द्र) ले आगामी २० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
माओवादीले पछिल्लो राजनीतिक अवस्था, संगठन लगायतका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएका हो।
आज बुधबार बसेको स्थायी समितिको बैठकले २० गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
यस्तै १७ र १८ गते स्थायी समितिको बैठक पनि बस्नेछ।
आजको स्थायी समितिको बैठकमा नेताहरूले विभिन्न प्रदेशका बारेमा रिपोटिङ गरेका थिए। साथै सरकारमा पठाउने नेताहरूको बारेमा पनि छलफल भएको थियो।
तर, जनता समाजवादी पार्टी जसपा र नेकपा एमालेको माधवकुमार नेपाल समूहबाट समेत सरकारमा सहभागी गराउनुपर्ने भएकोले केही दिन मन्त्रिमण्डल विस्तार नहुने अध्यक्ष प्रचण्डले व्रिफिङ गरेका थिए।
36
Shares
प्रतिक्रिया