राजनीति


माधव नेपालका कारण अड्कियो मन्त्रिपरिषद् विस्तार

जसपाको यादव पक्षले पनि निर्णय गर्न सकेन
माधव नेपालका कारण अड्कियो मन्त्रिपरिषद् विस्तार

नेपालखबर
काठमाडौँ, साउन ६

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूह अनिर्णित हुँदा मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई अझै केही समय लाग्ने भएको छ। आइतवार राति विश्वासको मत पाएका देउवाले अहिलेसम्म आफ्नो क्याबिनेटमा कांग्रेसका दुई र माओवादीका दुईजनालाई मात्रै मन्त्री बनाएका छन्। 

सुरुमा चारजनालाई मन्त्री बनाएका देउवाले पाँच दलीय गठबन्धनका सदस्यहरु अनिर्णित हुँदा मन्त्रिपरिषद् विस्तार गर्न नसकेका हुन्। बुधबार नै बसेको माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले एमाले एकतामै जोड दिएको छ। 

नेता रघु पन्तका अनुसार एमाले एकतामै जोड दिँदै बैठक सकिएको बताए। उनले आजको स्थायी कमिटी बैठकमा सरकारमा जाने नजानेबारे कुनै निर्णय हुन नसकेको बताएका छन्। संवैधानिक र कानुनी जटिलताका कारण माधव पक्षले विश्वासको मत दिएर पनि देउवा सरकारमा जान आँट गरेको छैन। 

आफूलाई विश्वासको मत दिएका माओवादी, जनता समाजवादी पार्टीका दुवै समूह र नेकपा एमालेको माधव नेपाल समूहलाई पनि सरकारमा समेट्ने प्रयासमा देउवा छन्। तर एमालेको माधव पक्ष र जसपाको उपेन्द्र यादव पक्षले सरकारमा जाने निर्णयमा ढिलाइ गर्दा देउवाको मन्त्रिपरिषद् अहिलेसम्म पछिल्लो पटक ओलीको जस्तै पाँच सदस्यमा सीमित भएको छ। 

स्रोतका अनुसार देउवाले मन्त्रिपरिषद् विस्तार तयारी गरेपछि गठबन्धनका सदस्यहरुको अलमलले समस्या भएको छ। देउवालाई अन्तिम समयमा विश्वासको मत दिएको जसपाको महन्थ ठाकुर समूहलाई पनि सरकारमा समावेश गर्नुपर्ने बाध्यता छ।

माधव पक्षलाई सरकारमा सहभागी गराउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि जोडबल गरिरहेका छन्। उनले कोटेश्वर पुगेर नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए। तर एमाले विभाजित नभइ सरकारमा जाँदा कानुनी र संवैधानिक अफ्ठ्यारो पर्न सक्ने बुझेका नेता नेपालले आन्तरिक छलफल तीव्र बनाएका छन्। 

नेता नेपालले हिजो मात्रै देउवालाई विश्वासको मत दिएका २२ जना सांसदहरुसँग बानेश्वरमा छलफल गरेका थिए। उक्त छलफलमा केही सांसदहरुले नयाँ पार्टी खोल्ने कुरामा जोड दिएका थिए। तर अहिलेकै अवस्थामा सरकारमा जाँदा आफूहरुमाथि कानुनी प्रश्न उठाएर ओलीले कारबाही गर्न सक्नेतर्फ सांसदहरुले नेतृत्वलाई सचेत गराएका थिए। 

माधव पक्षीय सांसद मेटमणि चौधरीले विश्वासको मत दिएकाले सरकारमा जाँदा फरक नपर्ने भए पनि संवैधानिक र कानुनी प्रश्नको पहिले निवारण गर्न सके मात्रै सहज हुने बताए। उनले माधव पक्षीय नेताहरु अझै पनि अन्तिमसम्म पार्टीमै बसेर संघर्ष गर्नुपर्ने पक्षमा रहेको उल्लेख गरे। पार्टी विभाजित नभइ सरकारमा जाँदा आउने कानुनी चुनौतीका कारण माधव पक्ष हतारमा छैन। 

माधव पक्षको हिजो र आजको बैठकले पनि सरकारमा जाने नजाने टुंगो नगरेपछि देउवा मन्त्रिपरिषद् विस्तार अझै धकेलिन सक्ने सम्भावना छ। देउवाले गठबन्धनका सबै सदस्यलाई सरकारमा समेट्ने गरी मन्त्रिमण्डलमा सदस्य संख्या बढाउन सक्ने विकल्पमा पनि छलफल गरिरहेको स्रोतले बताएको छ। 

जसपा पनि अनिर्णित 

उता देउवालाई विश्वासको मत दिएको जसपाको उपेन्द्र यादव समूह पनि अझै अनिर्णित छ। मंगलबार मात्रै यादव पक्षीय संसदीय दलको बैठकले दल विधानलाई सर्वसम्मतिले पारित गरेको थियो। तर उक्त बैठकमै दलका नेताको टुंगो यादव पक्षले गर्न सकेको छैन। 

हिजो बसेको दलको बैठकबाट यादव पक्षले विधान पारित गरे पनि नेता चयन गर्न सकेन। यादव पक्षले देउवासँग ५ देखि ६ जना मन्त्री मागेको छ। यो समूहबाट अध्यक्ष यादव नै संसदीय दलको नेता भएर सरकारमा जाने योजनामा छन्। उनीनिकट एक नेताका अनुसार उनले देउवा सरकारमा उपप्रधानसहित परराष्ट्र मन्त्रालय दाबी गरेका छन्। 

यादव पक्षले दल विभाजनसम्बन्धी मुद्दाको सुनुवाइ निर्वाचन आयोगमा भइरहेकाले देउवालाई केही समय पर्खिन भनेको छ। आयोगले दललाई आधिकारिकता दिइसकेपछि मात्रै सरकारमा जाने योजना यादव पक्षले बनाएको हो। आयोगले जसपा विवादको निरुपण केही दिनमै गर्ने योजना बनाएको छ। 

तर यादव पक्षको हिजोको बैठकले दलको नेता चयन गर्न नसक्दा प्रधानमन्त्री देउवालाई समस्या भएको छ। यादव पक्षले दलको अर्को बैठकबाट मात्रै संसदीय दलको नेता चयन गर्ने योजना बनाएको छ। उता जसपाकै महन्थ ठाकुर पक्ष पनि सरकारमा जाने योजनामा छ। तर यो समूहलाई सरकारमा लैजाने विषयमा देउवा अझै अनिर्णित रहेको उनीनिकट एक कांग्रेस नेताले बताए। 

साउन ६, २०७८, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी
केशव सावद

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल
समर्पण श्री

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

सम्पादक
बिनु सुवेदी

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .