ad ad

राजनीति


कांग्रेस क्रियाशील सदस्यता विवाद : सांसदबाट राजीनामा दिँदै अमरेश सिंह

देउवासमक्ष राजीनामा बुझाउन बालुवाटार जाँदै
कांग्रेस क्रियाशील सदस्यता विवाद : सांसदबाट राजीनामा दिँदै अमरेश सिंह

नेपालखबर
साउन ६, २०७८ बुधबार १७:१५,

नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन्। भदौमा हुन लागेको १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र वितरणमा भएको अनियमितता सुधार्न नेतृत्वले चासो नदिएको भन्दै उनले सांसद पदबाट राजीनामा दिने निर्णय गरेका हुन्। 

नेपालखबरसँगको कुराकानीमा उनले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा पत्र बुझाउन बालुवाटार जान लागेको जानकारी दिए। आफ्नो गृहजिल्ला सर्लाहीमै क्रियाशील सदस्यता वितरणमा धाँधली भएको, गुण्डा, दलाल, र घुसखोरीमा संलग्नलाई पार्टी सदस्यता दिएको आरोप लगाएका छन्।

गृहजिल्ला सर्लाहीका सभापतिले चारवटै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता वितरणमा अनियमितता गरेको भन्दै कार्यकर्ताहरु कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन्। सर्लाही क्षेत्र नम्बर ४ स्थित बसबरिया गाउँपालिका-१ का रामगोविन्द राय बुधबारबाट सानेपामा आमरण अनसन बसिरहेका छन्।

अनशनरत कांग्रेस कार्यकर्ताहरुलाई मंगलबार मात्रै नेता शेखर कोइरालाले भेटेका थिए। उनीसहित नेता सिंहले पनि कार्यकर्ताहरुलाई भेटेर क्रियाशील सदस्यता वितरण र नवीकरणमा भएको अनियमितता सच्याएर मात्रै अघि बढ्नुपर्ने मत राखेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .