ad ad

राजनीति


माधव पक्षको बैठकमा गएनन् भीम रावल

माधव पक्षको बैठकमा गएनन् भीम रावल

नेपालखबर
साउन ६, २०७८ बुधबार १६:३८,

गत आइतवार प्रतिनिधिसभा सदस्यबाट राजीनामा घोषणा गरेका नेकपा एमाले उपाध्यक्ष भीम रावल वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठकमा अनुपस्थित भएका छन्। 

राजधानीको बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा अहिले बसिरहेको बैठकमा नेता रावल सहभागी नभएका हुन्। एमालेलाई एक बनाउन गत जेठ २ गते गठित कार्यदलमा नेपाल समूहका संयोजक उनीसहितले पार्टीलाई बचाउन असार २७ मा १० बुँदे सहमति जुटाएका थिए।

तर उक्त सहमतिलाई वरिष्ठ नेता नेपालले नमानेपछि नेता रावल रिसाएका थिए। आइतवार प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिन नमानेर सांसद पदबाट राजीनामा घोषणा गरेका उनी त्यसयता एमालेको दुवै समूहका बैठकमा सहभागी छैनन्। 

ओलीसँगको विवादमा उनलाई नेता नेपालले प्रमुख विश्वास पात्रका रुपमा प्रयोग गर्दै आएका थिए। तर आइतवारदेखि नै उनले नेपाल समूहका बैठकमा भाग लिएका छैनन्। आइतवारै नेपाल समूहका १० सांसदले देउवालाई विश्वासको मत नदिइ बाहिरिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .