ad ad

राजनीति


गोरखाबाट ज्ञानेन्द्रलाई भट्टराईको चुनौतीः पद चाहिन्छ भने दल खोलेर चुनावी मैदानमा ओर्ले हुन्छ

गोरखाबाट ज्ञानेन्द्रलाई भट्टराईको चुनौतीः पद चाहिन्छ भने दल खोलेर चुनावी मैदानमा ओर्ले हुन्छ

नेपालखबर
असोज ३०, २०७६ बिहिबार ८:४३,

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहसँग केही जनताले टीका लगाउँदैमा राजतन्त्र नफर्कने दावी गरेका छन्।

 बिहीबार गृहजिल्ला गोरखा सदरमुकाममा समाजवादी पार्टीले आयोजना गरेको दशैँ, तिहार र छठको शुभकामना आदाप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले जातीय र वंशीय परम्पराका आधारमा देश चलाउने प्रथाको अन्त्य भएको बताए।

‘राजतन्त्र कुनै पनि हालतमा फर्कँदैन’, उनले भने, ‘जातीय र वंशीय परम्पराको अन्त्य गरेर गणतन्त्र ल्याएका हौँ, अब पछाडि फर्कने ठाउँ छैन।’

Image

अध्यक्ष भट्टराईले देश चलाउने ईच्छा भए दल खोलेर चुनावी मैदानमा ओर्लन पूर्वराजा ज्ञानेन्द्रलाई चुनौतीसमेत दिए। उनले पारश र हिमानीलाई पनि चुनावमा उठाएर जितेर देश  चलाउन सुझाबसमेत दिए।

 ‘पद चहन्छि भने ज्ञानेन्द्र शाहले पार्टी खोले हुन्छ, चुनाव लडे हुन्छ’, अध्यक्ष भट्टराईले भने, ‘चुनाव जितेर देश चलाए हामीलाई कुनै आपत्ति हुँदैन।’ उनले देश नयाँ यात्रामा रहेको हुँदा विकास र समृद्धिका लागि सबै दलहरुबीच सहकार्य र एकताको आवश्यकता रहेको समेत बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .