ad ad

राजनीति


देउवालाई विश्वासको मत दिने २२ सांसदलाई सोध्यो एमालेले स्पष्टीकरण

देउवालाई विश्वासको मत दिने २२ सांसदलाई सोध्यो एमालेले स्पष्टीकरण

नेपालखबर
साउन ६, २०७८ बुधबार १५:४१,

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई यही आइतवार विश्वासको मत दिएका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ। एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले माधव नेपालसहितका २२ सांसदलाई बुधबार स्पष्टीकरण सोध्दै पत्र पठाइएको पुष्टि गरेका छन्। 

उनका अनुसार ईमेलमार्फत र हार्ड कपी पनि सम्बन्धित सांसदहरुसम्म पठाइएको छ। एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले २४ घण्टाको समय दिएर स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव गरेका थिए। 'पार्टी अनुशासन उलंघन गरेको निचोडसहित सबै २२ सांसदलाई स्पष्टीकरण सोधिएको छ', तामाङले नेपालखबरसँग भने। 

आइतवार राति संघीय संसदमा भएको विश्वासको मतका क्रममा नेपाल समूहमा लागेका १४ जना र ओली समूहका ८ जना सांसदले देउवालाई विश्वासको मत दिएका थिए। विश्वासको मत दिएका ओली पक्षका ८ सांसद पनि अहिले नेपाल समूहमा मिसिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .