नयाँ नक्साबारे अवाञ्छित प्रतिक्रिया दिएपछि प्रतिनिधि सभा सदस्यबाट पबाट बर्खास्त सरिता गिरीले अब आउने स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवार बन्ने घोषणा गरेकी छन्।
गिरीले सिरहाको लहान नगरपालिकाको प्रमुख पदमा चुनाव लड्ने उद्घोष गरेकी हुन्।
‘म लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लडने घोषणा गर्दछु,’ सामाजिक सञ्जालमार्फत गिरीले भनेकी छन्, ‘लहान नगरपालिकाको जनता मेयर मुनी साहबाट पीडित छन्। उनको अधिनायकवादलाई जनताले परास्त गर्नेछ। अब ५ वर्ष स्थानीयस्तरमा रही जनता को सेवा गर्नेछु।’
यसका लागि गिरीले आफूलाई सहयोग गर्न आग्रहसमेत गरेकी छन्।
तत्कालीन समाजवादी पार्टीबाट समानुपातिक सांसद गिरीले भारतद्वार अतिक्रमित भूभाग समेटेर बनाइएको नेपालको नयाँ नक्सामा निशान छाप समावेश गर्न गरिएको संविधान संशोधन प्रस्तावमा पार्टीको ह्विप नमानेर मतदान गरिनन्। जसका कारण उनलाई २०७७ असार २५ का दिन समाजवादी पार्टीको सिफारिसअनुसार संघीय संसद सचिवालयले प्रतिनिधि सभाको सदस्य पदबाट हटाएको थियो। साथै उनलाई पार्टीबाटै निकाष्सन गरिएको थियो।
हाल राजनीतिक दलविहीन गिरीले कुन पार्टीबाट चुनाव लड्ने, खुलाएकी छैनन्। यसैले उनको स्टाटसमा कतिपयले यो प्रश्न पनि गरेका छन्।
Shares
प्रतिक्रिया