ad ad

राजनीति


ओली पक्ष रोकिएपछि नेपाल समूहले बोलायो सांसद र केन्द्रीय सदस्यसहितको बैठक

ओली पक्ष रोकिएपछि नेपाल समूहले बोलायो सांसद र केन्द्रीय सदस्यसहितको बैठक

नेपालखबर
साउन ५, २०७८ मंगलबार १९:२५,

नेकपा एमालेको असन्तुष्ट समूहको बैठक भोलि बस्ने भएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको उक्त समूहका सांसद र केन्द्रीय सदस्यहरुको बैठक भोलि बस्ने तय भएको हो। 

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि विश्वासको मत दिएपछि विकसित घटनाक्रमलाई लिएर नेपाल पक्षले सांसद र केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएको हो। उक्त बैठकमा देउवालाई विश्वासको मत दिएका ओली पक्षीय ८ सांसदलाई पनि बोलाइएको छ। 

देउवालाई ओली पक्षीय ८, माधव पक्षीय १४ जनाले विश्वासको मत दिएका थिए। त्यस्तै माधव पक्षीय १० जना सांसदहरुले मतदानमा भाग लिएका थिएनन्। एमाले केन्द्रीय कमिटी बैठक ललितपुरमा जारी रहेका बेला नेपाल पक्षले पनि सांसद र केन्द्रीय सदस्यहरुको बैठक बोलाएको हो। 

उक्त बैठकले विश्वासको मत दिएपछि देउवा सरकारमा जाने नजाने पनि निर्णय लिने भएको छ। देउवालाई विश्वासको मत दिएपछि नेता नेपालसहित २२ सांसदलाई कारबाही तयारी एमालेले गरेको थियो। तर कारबाही गर्ने निर्णय गरेको एमालेले स्पष्टीकरण पत्र पनि पठाएको छैन। 

एमालेले स्पष्टीकरण पत्र पनि नपठाएको अवस्थामा नेपाल समूहको बैठक हुन लागेको हो। उक्त बैठकले एमालेबाट छुट्टिने या पार्टीमै बसेर संघर्ष गरिरहने कुराको निर्णय लिन सक्ने एकजना केन्द्रीय सदस्यले बताएका छन्। उनले ओली पक्षले कुरेको अवस्थामा भोलिको बैठकले ठोस निर्णय लिन सक्ने पनि जानकारी दिएका छन्। 

एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले २४ घण्टा समय दिएर स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव सोमबार गरेका थिए। तर २४ घण्टा भइसक्दा पनि एमालेले कारबाही अघि नबढाएको अवस्थामा नेपाल समूहले निर्णायक छलफल थालेको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .