ad ad

राजनीति


यस्ता छन् एमाले  बैठकका एजेण्डा

यस्ता छन् एमाले  बैठकका एजेण्डा

नेपालखबर
साउन ५, २०७८ मंगलबार १६:३५,

प्रतिपक्षी नेकपा एमालेको जारी बैठकका लागि नौ वटा एजेण्डा तय गरिएको छ। सोमबारबाट ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा जारी बैठकका लागि नौ एजेण्डा तय गरिएको हो। 

जसमा समसायिक विषयमा पार्टी अध्यक्षको सम्बोधन, पार्टीमा उत्पन्न समस्या समाधानबारे जेठ २ गठित कार्यदलको १० बुँदे सहमति प्रस्ताव अनुमोदन पनि रहेका छन्। 

त्यस्तै अनुशानहीन कार्य (प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत) मा संलग्नसँग स्पष्टीकरण, असार २७ मा भएको १० बुँदे कार्यान्वयनबारे हालको अवस्थासम्बन्धी पार्टी दृष्टिकोण, एमाले नेतृत्वमा सञ्चालित सरकारको समीक्षा, पार्टीको आगामी भूमिका, राजनीतिक (प्रतिपक्ष/सत्तापक्ष भूमिका)- संगठनात्मक (सदस्यता नवीकरण, विधान महाधिवेशन र जनगठन व्यवस्थापन) शुद्धीकरण अभियान, निर्वाचनको तयारी र विविध विषय रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .