ad ad

राजनीति


सहकारीका कर्मचारीलाई खोपमा प्राथमिकता : गृहमन्त्री खाण

सहकारीका कर्मचारीलाई खोपमा प्राथमिकता : गृहमन्त्री खाण

नेपालखबर
साउन ५, २०७८ मंगलबार १३:५९,

गृहमन्त्री बालकृष्ण खाणले सहकारीका कर्मचारीलाई प्राथमिकतामा राखेर खोप दिने व्यवस्थाका लागि आवश्यक पहल गर्ने बताएका छन्।

राष्ट्रिय सहकारी महासंघको टोलीसँग मंगलबार बिहान भएको भेटमा उनले सहकारीका कर्मचारीलाई प्राथमिकतामा राखेर खोप दिने व्यवस्था गरिने बताएका हुन्। 

‘बैंक तथा वित्तिय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने छ,’ गृहमन्त्री खाणले भने। 

सरकारले जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै उनले संवेदनशीलताका आधारमा प्राथमिकतामा राखेर खोप दिने योजना रहेको बताए।

राष्ट्रिय सहकारी महासंघका सल्लाहकारसमेत रहेका गृहमन्त्री खाणले सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने पनि बताए। उनले महासंघको सल्लाहकार समितिको बैठकमा आफू उपस्थित भएर आवश्यक छलफल गर्ने बताए।

भेटमा महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई प्राथमिकता दिनुपर्ने भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .