राजनीति


देउवालाई विश्वासको मत दिएका माधव पक्षीय सांसदहरुको भेला आज

देउवालाई विश्वासको मत दिएका माधव पक्षीय सांसदहरुको भेला आज

नेपालखबर
काठमाडौँ, साउन ५

प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएका एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुको भेला आज हुँदैछ। माधव पक्षीयसहित देउवालाई मत दिएका ओली पक्षका समेत सांसदहरुबीच नयाँबानेश्वरस्थित होटल अर्यालमा भेला हुन लागेको हो। 

होटल अर्यालमा हुने उक्त भेला आज अपरान्ह साढे ४ बजे हुन लागेको हो। सांसद विरोध खतिवडाले यो भेलामा देउवालाई विश्वासको मत दिएपछिको अवस्थाबारे समीक्षा तथा आगामी रणनीतिबारे छलफल हुने बताएका छन्। 

माधव पक्षले सर्वोच्च अदालतको फागुन २३ को फैसला अनुसार एमालेलाई २०७५ जेठ २ कै अवस्थामा लैजानु पर्ने अडान राख्दै आएको छ। माधव पक्षको माग अनुसार अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई जेठ २ मा लगिसकेको बताउँदै आएका छन्। तर पार्टी अझै पनि फागुन २८ कै अवस्थामा रहेको अडानमा नेपाल पक्ष छ।

यस्तोमा आइतवार राति प्रधानमन्त्री देउवाको पक्षमा विश्वासको मत हालेका ओली पक्षीय ८ र माधव पक्षीय १४ जनासहितका सांसदहरुबीच विकसित राजनीतिक अवस्थाबारे छलफल हुन लागेको हो। देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेको हिजो बसेको केन्द्रीय कमिटी बैठकले २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

तर अहिलेसम्म पनि एमालेले उनीहरुलाई स्पष्टीकरणका लागि पत्र नै पठाएको छ। यसैबीच एमाले केन्द्रीय कमिटी बैठक आज पनि ललितपुरको च्यासलमा बस्दैछ। हिजो नेपाल पक्षमाथि स्पष्टीकरण सोध्ने प्रस्ताव ओलीले गर्दा बैठकमा उपस्थित नेताहरुले अब सिधै कारबाही गरेर टुंगो लगाउनुपर्ने मत राखेका थिए। 

एमालेबाट देउवालाई विश्वासको मत दिनेमा सांसदहरुमा ओली पक्षीय प्रेम आले, हिराचन्द्र केसी, किसान श्रेष्ठ, पावर्ती विसङखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा र समिमा हुसेन थिए। 

त्यसैगरी, वरिष्ठ नेता माधवकुमार नेपालसहित रामकुमारी झाँक्री, मेटमणि चौधरी, विरोध खतिवडा, मुकुन्द न्यौपाने, निरादेवी जैरु, सरला यादव, लक्ष्मी चौधरी, पुष्पा कर्ण, कृष्णलाल महर्जन, भवानी खापुङ, कल्याणी खड्का, सरला यादव र गोपाल बमले पनि देउवालाई विश्वासको मत दिएका थिए। 

साउन ५, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .