राजनीति


२४ घण्टा बित्यो तर ओलीले माधव पक्षलाई सोधेनन् स्पष्टीकरण

२४ घण्टा बित्यो तर ओलीले माधव पक्षलाई सोधेनन् स्पष्टीकरण

नेपालखबर
काठमाडौँ, साउन ५

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय २४ घण्टा बितिसक्दा पनि कार्यान्वयनमा आएको छैन। ललितपुरमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले २४ घण्टाको समय दिएर माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव गरेका थिए। 

तर अध्यक्ष ओलीले गरेको उक्त प्रस्ताव अहिलेसम्म कार्यान्वयनमा आएको छैन। नेकपा एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले देउवालाई विश्वासको मत दिने कुनै पनि सांसदलाई मंगलबारसम्म स्पष्टीकरण नसोधिएको बताएका छन्। 

'अहिलेसम्म कुनै पनि सांसदलाई स्पष्टीकरणका लागि पत्र पठाइएको छैन, सोध्ने तयारी छ', उनले नेपालखबरसँग भने। आइतवार भएको विश्वासको मतको मतदानमा ओली पक्षकै आठ जना र माधव पक्षीय १४ जना सांसदले देउवालाई विश्वासको मत दिएका थिए। एमालेका समेत २२ सांसद विश्वासको पक्षमा उभिएपछि देउवाले १६५ मत पाउँदै आगामी डेढ वर्षका लागि सरकारमा रहने पक्का गरिसकेका छन्। 

एमालेबाट विश्वासको मत दिनेमा सांसदहरुमा ओली पक्षीय प्रेम आले, हीराचन्द्र केसी, किसान श्रेष्ठ, पार्वती बिसङ्खे, कलिला खातुन, वीनादेवी बुढाथोकी, धनबहादुर बुढा र समिमा हुसेन थिए। 

त्यसैगरी, वरिष्ठ नेता माधवकुमार नेपालसहित रामकुमारी झाँक्री, मेटमणि चौधरी, विरोध खतिवडा, मुकुन्द न्यौपाने, निरादेवी जैरु, सरला यादव, लक्ष्मी चौधरी, पुष्पा कर्ण, कृष्णलाल महर्जन, भवानी खापुङ, कल्याणी खड्का, सरला यादव र गोपाल बमले पनि देउवालाई विश्वासको मत दिएका थिए। 

साउन ५, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .