ad ad

राजनीति


ओलीको आग्रहअनुसार भीम रावलले राजीनामा फिर्ता लिन मिल्छ?

ओलीको आग्रहअनुसार भीम रावलले राजीनामा फिर्ता लिन मिल्छ?

नेपालखबर
साउन ५, २०७८ मंगलबार ९:२५,

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिइसकेका छन्, तर स्वीकृत भइसकेको छैन। 

संघीय संसद् सचिवालयका अनुसार रावलको राजीनामा विचाराधीन अवस्थामै छ। 

गत आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा वरिष्ठ नेता माधव नेपालसँग कुरा नमिलेपछि सांसद रावलले सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा पत्र बुझाएका हुन्। प्रतिनिधि सभाको बैठक सुरु हुनअघि आफ्नो समूहका नेता सुरेन्द्र पाण्डेले रोक्दारोक्दै नेता रावलले पत्रकारसमक्ष राजीनामा पत्र पढेर सुनाएका थिए। 

तर सभामुखले प्रतिनिधि सभा बैठकमा त्यसबारे घोषणा वा सूचना टाँसिनसकेकाले उनको राजीनामा विचाराधीन अवस्थामै रहेको संसद सचिवालय स्रोतको दाबी छ।  

यसैबीच सोमबार मात्र एमाले केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मिल्छ भने रावललाई राजीनामा अझै फिर्ता लिन आग्रह गरेका छन्।   

यी पनि : ​

केन्द्रीय कमिटी बैठकमा ओलीको ब्रिफिङ : माधव नेपाललाई गाली, भीम रावलको प्रशंसा

सांसद पदबाट राजीनामा दिएकामा भीम रावलले मागे माफी

सुरेन्द्र पाण्डेले रोक्दारोक्दै रावलले दिए राजीनामा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .