ad ad

राजनीति


संसद् भवनमा आक्रमण गर्ने ट्रम्प-समर्थकविरुद्ध सुनाइयो जेल सजाय

संसद् भवनमा आक्रमण गर्ने ट्रम्प-समर्थकविरुद्ध सुनाइयो जेल सजाय

नेपालखबर
साउन ५, २०७८ मंगलबार ८:३६,

अमेरिकामा गत राष्ट्रपतिको निर्वाचनका बेला संसद् भवनमा आक्रमण गर्ने पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका एक सर्थकलाई जेल सजाय सुनाइएको छ। 

जो बाइडेन विजयी भएको निर्क्योल गर्न मतको अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी भइरहेका बेला ट्रम्पका समर्थकले संसद भवनमै हमला गरेका थिए। तीमध्ये फ्लोरिडाका पउल हडकिन्सलाई प्रजातन्त्रमा खतरा पुर्‍याएको कसुरमा अदालतले ८ महिना कैद सजाय तोकेको हो।

हडकिन्सले त्यतिबेला ट्रम्प २०२० लेखेको गन्जी लगाएर सभामुखको कुर्सीमा गएर सेल्फी खिचेका थिए। 

अमेरिकी सञ्चारमाध्यमका अनुसार हडकिन्सलाई जेल सजाय  सुनाइएपछि घटनामा संलग्न अरूलाई पनि यस्तै सजाय हुन सक्ने देखिएको छ।

गत राष्ट्रपति निर्वाचनमा तत्कालीन राष्ट्रपति ट्रम्प र डेमोक्रेटिक पार्टीका नेता बाइडेन उम्मेदवार बनेका थिए।

आफू हार्दै गएपछि ट्रम्पले चुनावमा धाँधली भएको भन्दै अदालतमा मुद्दा हालेका थिए। तर धाँधली प्रमाणित हुन नसकेपछि उनले अन्तिम नतिजा सार्वजनिक गर्ने बेला गत जनवरी ६ मा संसद् भवनमै आक्रमण गराएका थिए।

उनका समर्थकले गरेको आक्रमणबाट ५ जनाको मृत्यु भएको थियो। तर ट्रम्पले संसद् भवनमा आक्रमण गर्ने मानिस आफ्ना समर्थक नभएको दाबी गरेका थिए। 

अभियोजनकर्ताहरूले त्यस घटनामा संलग्न ५ सय ७० जनाभन्दा बढीविरुद्ध मुद्दा हालेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .