ad ad

राजनीति


देउवाले विश्वासको मत पाएपछि ईश्वर पोखरेलको आक्रोशः खलनायक र विदुषकलाई राम्ररी चिनौं

देउवाले विश्वासको मत पाएपछि ईश्वर पोखरेलको आक्रोशः खलनायक र विदुषकलाई राम्ररी चिनौं

नेपालखबर
साउन ४, २०७८ सोमबार ५:३८,

आफ्नो पार्टीको सररकार ढालेर प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले संसदबाट उल्लेख्य मात्रामा विश्वासको मत पनि पाएपछि नेकपा एमालेका महासमचिव ईश्वर पोखरेल आक्रोशित भएका छन्। 

यसलाई उनले लामो समयदेखि जारी अराजनीतिक/अनैतिक भद्दा नाटकको पटाक्षेप भनेका छन्। साथै देखापरेका खलनायक र विदुषकलाई म्रोसँग चिन्न आह्वान पनि गरेका छन्। 

‘केही पात्रहरूद्वारा केही समयदेखि जारी अराजनीतिक/अनैतिक भद्दा नाटकको एउटा खण्ड पटाक्षेप भएको छ,’ देउवाले विश्वासको मत पाएको रात आइतबार एमाले महासमचिव पोखरेललले सामिाजक सञ्जालबाट आक्रोश पोखेका छन्, ‘कलाकारका रूपमा बाहिर देखापरेका खलनायक र विदुषकबारे भ्रममा नपरौं। सबैले राम्ररी चिनौं।’

सर्वाेच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले हिजो साउन ३ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदा १६५ मत पाएका हुन्। योसँगै प्रतिनिधि सभा जोगिएको छ भने देउवाले डेढ वर्ष निरन्तरता पाउने भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .