ad ad

राजनीति


केपी ओली संसद परिसरमा गए, तर बैठकमा पसेनन्

केपी ओली संसद परिसरमा गए, तर बैठकमा पसेनन्

नेपालखबर
साउन ३, २०७८ आइतबार १९:९,

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन परिसरमा उपस्थित भएका छन्। तर कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि विश्वासको मत लिँदै गर्दा अहिलेसम्म बैठकमा भने उपस्थित भएका छैनन्। 

ओलीले पुस ५ मा पहिलो पटक र जेठ ८ गते दोस्रो पटक विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुन:स्थापित गरिदिएको छ। सर्वोच्च अदालतको असार २८ को परमादेशपछि प्रधानमन्त्रीमा नियुक्त देउवाले आजै विश्वासको मत लिँदै गर्दा ओली संसद भवन परिसरमा गएका हुन्। 

तर प्रतिनिधिसभाको आजको दोस्रो बैठक चलिरहँदा उनी बैठक हलमा पसेका छैनन्। देउवालाई आजको बैठकमा कांग्रेससहित माओवादी, जनता समाजवादी पार्टीका दुवै समूह र एमालेकै माधवकुमार नेपाल समूहले पनि विश्वासको मत दिने तयारी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .