ad ad

राजनीति


सुरेन्द्र पाण्डेले रोक्दारोक्दै रावलले दिए राजीनामा

सुरेन्द्र पाण्डेले रोक्दारोक्दै रावलले दिए राजीनामा

नेपालखबर
साउन ३, २०७८ आइतबार १७:४,

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन्। 

पार्टीका नेता तथा सांसद सुरेन्द्र पाण्डले रोक्दारोक्दै रावलले राजीनामा दिएका हुन्। 

पुनर्स्थापित प्रतिनिधि सभाको बैठक सुरु हुन केही बेरअघि उनले संसद भवन बानेश्वरमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन्। 

संसदको आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यक्रम छ। 

तर, सिंहदरबारमा आफू निकटस्थ सांसदहरुको भेलामा राजीनामा घोषणा गरेका रावल संसद भवनभित्र पुगेर सिधै पत्रकार सम्मेलन गर्न खोज्दै थिए। 

उनलाई सांसदहरूले सिंहदरबारमै राजीनामा नदिन सुझाव दिएका थिए। तर उनले यस्तो अनैतिक खेलमा लाग्नुभन्दा राजीनामा दिन्छु भनेर त्यहाँबाट निस्किएर हिँडेका थिए।  

राजीनामा दिन्छु भनेर हिँडेका रावलको पछि–पछि सांसद सुरेन्द्र पाण्डे पनि पुगेका थिए। 

एमालेको माधवकुमार नेपाल समूहमा रहेका रावल र पाण्डे पार्टी एक गराउने अभियानमा निरन्तर छलफलमा छन्। 

‘सम्माननीय सभामुखज्यू, (त्यही बेला उनको पछाडि नेता पाण्डे पुगे र उनको हात समाउँदै भने– भित्र जाऊँ, कुरा गरौँ, एकपटक जाऊँ न हिँड्नुस्!)’ 

तर, रावलले मानेनन्, हात हटाउँदै भने, ‘नगर्नु है मलाई, प्लिज, प्लिज, प्लिज! मलाई पत्रकारसँग कुरा राख्न दिनुस्!’ 

अनि रावलले आफ्नो राजीनामा पत्र पढेर सुनाए। उनको पछि केहीबेर बसेर पाण्डे संसद बैठक भित्र गए। रावलले राजीनामा पढिरहँदा उनको निकटस्थ सांसद झपट रावलपछि उभिएर हेरिरहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .