ad ad

राजनीति


रेडफोनजस्तै चीनसँग हटलाईन स्थापना गर्ने बाइडेनको इच्छा, सिधै सीसँग सम्पर्क गर्न मिल्ने भनाइ

रेडफोनजस्तै चीनसँग हटलाईन स्थापना गर्ने बाइडेनको इच्छा, सिधै सीसँग सम्पर्क गर्न मिल्ने भनाइ

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङ


नेपालखबर
साउन २, २०७८ शनिबार १५:०,

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनसँग हटलाईन स्थापना गर्ने विषयमा छलफल गरिरहेको अमेरिकी संचारमाध्यमले जनाएका छन्।

आपतकालिन र संकटको अवस्थामा अमेरिका र चीनबीच सिधै सम्पर्क गर्न सकिने हटलाईन चीनमा स्थापना गर्न सकिन्छ कि सकिँदैन भनेर बाइडेनले त्यसको सम्भावनाबारे छलफल गरिरहेको सीएनएनले जनाएको छ।

शीतयुद्धको समयमा अमेरिका र तत्कालिन सोभियत संघबीच ‘रेड टेलिफोन’ भनेर चिनिने हटलाईन स्थापित थियो। 

तर राष्ट्रपति जोन एफ. केनेडीको पालामा सन् १९६३ मा स्थापित सो हटलाईन संचारको लागि कहिल्यै प्रयोग नभएको बताइएको छ।

दुई आणविक हतियार सम्पन्न देशले आणविक युद्ध रोक्नको लागि त्यसबेला हटलाईन स्थापना गरेका थिए। 

सीएनएनका अनुसार बाइडेनले चीनसँग स्थापना गर्न चाहेको हटलाईनको अवधारण अहिले विचार र विमर्शमै सिमित छ।

चीन र अमेरिकाबीच यतिबेला धेरै विषयमा विवाद छ। उनीहरु प्रविधि, मानव अधिकार, ताइवान, हङकङको स्वतन्त्रता, दक्षिण चीन सागर लगायका विषयमा भिडिरहेका छन्।

यदी हटलाईन स्थापना भएको खण्डमा संकटको अवस्थामा दुवै देशले सिधै सम्पर्क गरेर द्वन्द्वलाई रोक्न सक्नेछन्।

बाइडेनले हटलाईनमार्फत् सिधै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सम्पर्क गर्नसक्ने बताइएको छ। वासिङ्टन पोस्ट


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .