ad ad

राजनीति


युथ फोर्सलाई तालिम दिँदै महेश बस्नेत, भने : प्रचण्डले जस्तो हिंसा गर्दैनौँ, कानुन हातमा लिँदैनौँ

युथ फोर्सलाई तालिम दिँदै महेश बस्नेत, भने : प्रचण्डले जस्तो हिंसा गर्दैनौँ, कानुन हातमा लिँदैनौँ

नेपालखबर
साउन २, २०७८ शनिबार १४:५८,

नेकपा एमालेका नेता महेश बस्नेतले केही दिनअघि ब्यूँताइएको युथ फोर्सका सदस्यहरुलाई तालिम दिन थालेका छन्। भक्तपुरको सूर्यविनायकस्थित प्रस्तावित राष्ट्रिय प्राणी उद्यान केन्द्रमा आयोजित एक कार्यक्रमबीच बस्नेतले प्रशिक्षण दिन थालेका हुन्। 

सर्वोच्च अदालतको असार २८ को परमादेश अनुसार सरकारबाट बाहिरिएसँगै एमालेले युथ फोर्स ब्यूँताएको हो। प्राणी उद्यान केन्द्रमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बस्नेतले आफूहरुले कानुनलाई हातमा नलिने बताए। 'हामी कानुनलाई हातमा लिँदैनौँ, साथमा लिन्छौँ', उनले भने, 'हिजो प्रचण्डले जस्तो हामी हत्या हिंसा गर्दैनौँ, मान्छेलाई दु:ख दिँदैनौँ, निर्दोष व्यक्तिलाई दु:ख दिँदैनौँ।'

बस्नेतले सम्बोधनका क्रममा युथ फोर्सको विचार, कार्यकर्ता र शुभचिन्तकमाथि कसैले प्रहार गरेमा प्रतिरोधमा उत्रिन पनि निर्देशन दिए। उनले युथ फोर्समाथि अनेक आरोप लाग्न सक्ने बताउँदै सजग भएर अघि बढ्न पनि आग्रह गरे। 

पहिलो दिनको प्रशिक्षणका क्रममा युथ फोर्सका सदस्यहरुलाई शारीरिक अभ्यास पनि गराइने भएको छ। आवश्यक प्रतिरक्षा तालिम दिएर युथ फोर्सका सदस्यहरुलाई परिचालन गरिने पनि उनले बताए। संघीय राजधानी उपत्यकाका उपस्थित सदस्यहरुलाई दिइने तालिमका क्रममा युथ फोर्सका संयोजक क्षितिज थेबेसहित उपस्थित छन्। 

आजको प्रशिक्षणमा सहभागीहरुलाई बस्नेतले रातो टि-सर्ट बाँडिने बताए। उनले रातो टि-सर्ट र रिबनसहितका युथ फोर्सको पहिचान खुल्ने सामग्री  बाँडिने उल्लेख गरे। उनले युथ फोर्सलाई हतियारको खाँचो नभएको बताउँदै कोही  आइ लागेमा ढुंगो टिपेर हान्न पनि निर्देशन दिए। 

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले युथ फोर्स ब्यूँताएपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि अखिल फोर्स बनाइसकेको छ। ओली पक्षीय युथ फोर्सले वरिष्ठ नेता नेपालको घर घेर्ने बताएपछि अखिल फोर्सले त्यसको प्रतिरोधमा उत्रिने चेतावनी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .