ad ad

राजनीति


एमाले स्थायी कमिटी बैठक आइतबार, केन्द्रीय कमिटी सोमबार बस्ने

एमाले स्थायी कमिटी बैठक आइतबार, केन्द्रीय कमिटी सोमबार बस्ने

नेपालखबर
साउन २, २०७८ शनिबार १४:२८,

नेकपा एमालेले आइतवार बस्ने गरी स्थायी कमिटीको बैठक डाकेको छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार एमाले स्थायी कमिटीको बैठक आइतवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा डाकिएको हो। 

त्यसैगरी एमालेले सोमबार केन्द्रीय कमिटी बैठक डाकेको छ। उक्त बैठक सोमबार बिहान ११ बजे च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा नै बस्ने तामाङले बताए। 

यसअघि शुक्रबार मात्रै च्यासलमै एमाले स्थायी कमिटी बैठक बसेको थियो। उक्त बैठकले एमालेमा देखिएको विवाद मिलाउन गत जेठ २ गते गठन भएर असार २७ गते १० बुँदे सहमति जुटाएको कार्यदल विघटन गरेको थियो। बैठकले कार्यदलको सहमतिलाई पनि अनुमोदन गरेको थियो। 

शुक्रबारको बैठकले सर्वोच्चको परमादेशबाट सरकारमा गएका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय लिएको थियो। त्यस्तै असार १८ गते सर्वोच्च अदालतले संवैधानिक निकायबीच शक्ति सन्तुलनको सिद्धान्तविपरीत फैसला दिएको भन्दै एमालेको हिजै बसेको संसदीय दलको देशव्यापी भण्डाफोर अभियान थाल्ने निर्णय लिएको थियो।

शुक्रबारको बैठकलाई वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले रोक्न आग्रह गरेको थियो। नेपाल पक्षका कार्यदल संयोजक भीम रावलसहित पुगेर बैठक रोक्न गरेको आग्रहलाई अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरिदिएका थिए। त्यसपछि नेपाल समूह भावी रणनीति बनाउन जुटिरहेका बेला एमालेले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक डाकेको हो। 

यसैबीच शुक्रबार विघटित कार्यदलका सदस्यहरूबीच शनिबार सिंहदरबारमा छलफल भएको छ। उक्त बैठकमा असार २७ मा भएको कार्यदलको १० बुँदे सहमतिलाई कार्यान्वयनमा लैजाँदै पार्टीलाई एकतावद्ध बनाउनेबारेमा कुरा भएको एमाले दलका उपनेता सुवास नेम्वाङले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .